back
CTIZAN AD

कृषिउपज बिक्री गरेर सहरको पैसा गाउँ लैजाँदै

वि.सं.२०८१ मंसिर ७ शुक्रवार

564 

shares

गण्डकी । कृषिप्रतिको अनइच्छाका कारण ग्रामीण क्षेत्रका जग्गा बाँझिदै गएका अवस्थामा पोखरा महानगरपालिका–२८ माझठाना, ओख्लेलगायत स्थानका बासिन्दा भने कृषिकै माध्यमबाट बजारको पैसा गाउँमा भित्र्याउन सक्रिय छन् ।

पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको व्यावसायिक कृषिप्रतिको लगावका कारण यतिखेर स्थानीयको आयआर्जन बढ्दै गएको छ भने विगतमा बाँझिदै गएका जग्गा उपयोग हुने आशा जगाएको छ ।

विगत दुई तीन वर्षयता व्यावसायिक कृषिमा जोड दिँदै यहाँका स्थानीयले पशुपालन, तरकारीखेती लगायतमा जोड दिने गरेको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए ।

कृषिप्रतिको स्थानीयको आकर्षणसँगै वडा कार्यालयले पनि कृषिजन्य उत्पादनमा जोड दिँदै त्यसको बजारीकरणमा पनि सहयोग गरिरहेको उनले बताए ।

“कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राख्दै त्यसको बजारीकरणका लागि पनि हामीले जोड दिएका छौँ”, उनले भने, “यस वर्षमात्रै यस वडाबाट कृषकहरूले रु १७ लाख २४ हजार को खसी तथा बाख्रा बिक्री गरेका छन् ।”

वडाभित्रका माझठाना, ओख्ले, रैकर, सौर्य, कालिकास्थान, सुर्केमैदानलगायत स्थानबाट साप्ताहिक रुपमा प्रत्येक शनिबार तरकारीहरू कृषि एम्बुलेन्सका माध्यमबाट बजारमा पुगिरहेको उनले बताए । पोखरा महानगरपालिकाले महानगरभित्रका कृषिजन्य वस्तुको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ ।

विभिन्न मौसमी तथा बेमौसमी तरकारी बिक्रीका माध्यमबाट वडाभित्र कृषकले वार्षिक रु ४०÷५० लाखसम्म आयआर्जन गरिरहेको उनले जानकारी दिए । पशुपालनमा जोड दिँदै आएको यस क्षेत्रबाट दैनिक सात सय लिटर दूध बजारमा बिक्री भइरहेको छ ।

“कृषिजन्य उत्पादनको बिक्रीवितरणबाट अहिले बजारको पैसा गाउँमा भित्रिएको छ”, वडाध्यक्ष लामछानेले भने, “यसले स्वरोजगार अभिवृद्धिसँगै बाँझिएका जग्गाहरूमा खेती गर्नका लागि अन्यलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।”

पछिल्ला समयमा पोखरा महानगरपालिका–२८ मा व्यावसायिक कृषितर्फ आकर्षण बढिरहेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।

कृषिजन्य उत्पादनमा जोड दिनसकेमा त्यसले आत्मनिर्भरता अभिवृद्धि गर्नुका साथै उत्पादित बस्तुको बिक्रीवितरणबाट आयआर्जन हुनेहुँदा स्वरोजगारी बढाउने उनले बताए ।

महानगरपालिकाले उत्पादनमा जोड दिइरहेको जनाउँदै उनले स्थानीय जागरुकता बढेमा महानगरबाट गर्न सकिने सहयोगका लागि सधैँ तयार नै रहेको उनकोे भनाइ छ ।

वि.सं.२०८१ मंसिर ७ शुक्रवार १५:१४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...