back
CTIZAN AD

ईन्टर कलेज ई स्पोर्ट्सको मुख्य प्रयोजकमा फ्रेमबक्स

वि.सं.२०८१ मंसिर ७ शुक्रवार

1.3K 

shares

काठमाडौँ । ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेमबक्स जोडिएको छ । ई स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेमबक्स जोडिएको हो ।

ईशानले विद्यालय स्तरको ई स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको रुपमा ईन्टर कलेज कार्यक्रमको आयोजना गर्दैछ । प्रतियोगितामा देशभरबाट कलेज÷विद्यालयले टिम दर्ता गर्न सक्नेछन्, ईशानको वेव साईटमा गएर ईच्छुक विद्यालय÷कलेजले टिम तथा खेलाडी दर्ता सक्नेछन् ।
पछिल्लो समय विश्व बजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेमबक्स ई स्पोर्ट्स खेलको प्रबद्र्धनमा जोडिएको हो । ईशानका अध्यक्ष अन्जन धमला र फ्रेमबक्सका प्रतिनिधि अंशु किरण शाहीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक वर्षको रहने बताईएको छ ।

ईशान अध्यक्ष धमलाले फ्रेमबक्ससँगको सम्झौताले कलेज स्तरमा हुन लागेको प्रतियोगितालाई महत्वपुर्ण सहयोग पुर्याउने बताए । फ्रेमबक्सका प्रतिनिधि अंशु किरण शाहीले पछिल्लो समय विश्व बजारमा लोकप्रिय रहेको एनिमेसन र फिएफएक्सको कार्यक्रमलाई नेपाल विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए ।

काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि फायर गरी चार विधा समावेश गरिएको छ । कुल पुरस्कार राशी ५ लाख रहने प्रतियोगितामा मंसिर ३० गतेसम्म कलेज÷विद्यालयले टिम दर्ता गर्न सक्नेछन् ।

वि.सं.२०८१ मंसिर ७ शुक्रवार १९:१२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...