back

शिवशरण जिताउन यसरी जुटे महिलाहरु

वि.सं.२०८१ मंसिर ७ शुक्रवार

3.6K 

shares

काठमाडौँ । कीर्तिपुर नगर प्रमुखका लागि उम्मेदवार प्रा. डा. शिवशरण महर्जनको चुनावी अभियानमा महिलाहरुको समर्थन हवात्तै बढेको छ । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारी कीर्तिपुर १० ले आयोजना गरेको गरेको उम्मेदवार स्वागत कार्यक्रममा सहभागी ७५ महिलाहरुले शिवशरणलाई जिताउने प्रतिबद्धता ब्यक्त गरेसंगै उनको अभियान थप प्रभावकारी बनेको छ ।

नेकपा(माओवादी केन्द्र) का नेता नीलकण्ठ तिवारीको प्रमुख आतिथ्यता तथा मेयरका उम्मेदवार प्रा डा शिवशरण महर्जनको बिशेष आतिथ्यता रहेको उम्मेदवार स्वागत तथा भेटघाट कार्यक्रममा विजयको सुनिश्चितता संप्रेषण गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथि तिवारीले प्रा.डा शिवशरणको बिजय यतिबेला कीर्तिपुरको चासो मात्र नभएर आम देशभक्त, प्रगतिशिल र परिवर्तनकारीहरुको चासो भएको अवस्थामा भएको यो उपस्थिति र आत्मीय ऐक्यबद्धता विजयको प्रारम्भ भएको बताएका थिए । उनले महिला शसक्त हुनसक्दा मानव सभ्यता बलियो हुने कुरा राखेका थिए ।

कार्यक्रममा उपस्थित उम्मेदवार प्रा. डा. शिवशरण महर्जनले आफना प्रतिबद्धता संक्षेपमा सुनाउँदै सबैको बिश्वास र मत पाउने भाव सम्प्रेषण गरेका थिए । कार्यक्रमका अर्का अतिथि नेकपा (माओवादी केन्द्र) किर्तिपुर नगरका ईन्चार्ज हिराबहादुर महर्जनले माओवादीले ल्याएको परिवर्तन, कीर्तिपुरमा गर्न खोजीएका सोच तथा उम्मेदवारहरुको तुलनात्मक बिश्लेषण गरेका थिए । कार्यक्रमको सहजीकरण समेत गरेकी नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष संगीता उप्रेती श्रेष्ठले कीर्तिपुरका महिलाले शिवशरणलाई जिताउने वातावरण बनिसकेको बताएकी थिइन् ।

अनेमसंघ (क्रान्तिकारी) १० न वडा अध्यक्ष गंगादेवी हैजुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र) किर्तिपुर १० का ईन्चार्ज कृष्णबहादुर महर्जन, अध्यक्ष प्रकाश महर्जन, नगर सदस्य हरि शरण महर्जन, यशोदा श्रेष्ठ, प्रमिला अधिकारी लगायत स्थानीय नेतृत्वको उपस्थिति थियो भने वडाका सबै टोलबाट महिला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रा. डा. शिवशरण महर्जनको योग्यता, योगदान र सभ्यता बुझेसंगै उनलाई कीर्तिपुरको गौरव रुपमा हेरिएको छ । कीर्तिपुरमा उनी र उनको योगदान अद्धितिय छन् । उनी एक प्रतिष्ठित समाजसेवी तथा शिक्षाविद् समेत हुन् । जीवनको चार दशकभन्दा लामो समय शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन, र सामाजिक विकासका क्षेत्रमा समर्पित गर्दै उनले कीर्तिपुरको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन ।

कीर्तिपुरवासिका बिचमा लोकप्रिय प्राज्ञिक ब्यक्तित्व महर्जनलाई नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा प्रस्तुत गरेपछि किर्तिपुरवासीहरु खुशि भएका देखिन्छन । जीवनमा उनले जति ठाउमा काम गरे उनी सुशासनका पर्याय बनेर देखिएकाले पनि उनीप्रतिको आकर्षण बढेको छ । यसमाथि महिलाहरुको नै शसक्त समर्थन र सक्रियताका कारण उनको पक्षमा माहोल बढेको छ ।

कीर्तिपुरका गौरव प्रा. डा. शिवशरणप्रति मतदाताको आकर्षण

वि.सं.२०८१ मंसिर ७ शुक्रवार २१:५५ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...