back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर ८ शनिवार

1.2K 

shares

विष्णुकुमार बराइली
मिरिक, दार्जिलिङ

आज बाङ्गालाई बाङ्गा भन्न हुन्न
धूर्त हुन्छन् धेर लाटा भन्न हुन्न

चिन्नु राम्रो भद्र बोलीभित्र सत्य
जाल होला छैन धोका भन्न हुन्न

काम देखाउन सधैँ खोज्नेहरू छन्
भद्रलाई दुष्ट होला भन्न हुन्न

मित्र,पर्दाभित्र ब्वाँसा धेर हुन्छन्
झट्ट देख्नासाथ राम्रा भन्न हुन्न

बुझ्न गाह्रो हुन्छ सजिलो हुन्न पक्कै
सभ्य देख्दैमा छ सच्चा भन्न हुन्न

बहर : रमल मुसद्दस सालिम
अर्कान : फाइलातुन् फाइलातुन् फाइलातुन्
वजन : २१२२ – २१२२ – २१२२
काफिया :– आ (स्वर)
रदिफ :– भन्न हुन्न
अभ्यास : परिश्रमी पाठशाला ( बहर -छन्दशाला )

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...