back
CTIZAN AD

कविता : बालक

वि.सं.२०८१ मंसिर ८ शनिवार

858 

shares

विदुर अधिकारी, चितवन

बालक हुन् सुखशान्ति धराबिच
बालक हुन् अझ कान्ति कलाबिच
बालक हुन् शुभमङ्गल –दायक
बालक हुन् धरतीबिच लायक ।१।

बालकमा भय घोल्दछ दुर्जन
बालकको जय बोल्दछ सज्जन
बालक पार्दछ भूतल उर्वर
बालक छर्दछ चेत सरासर ।२।

बालकमा जब जोस पलाउँछ
आँट गरी तब जाँगर लाउँछ
दिव्य बनी जब शिल्प सजाउँछ
बालकले तब सत् फल पाउँछ ।३।

बालक होइन सृष्टि विनाशक
बालक हो जगको शुभ रक्षक
बालक श्वेत हिमालसमान छ
बालक नै मनपर्छ अचानक ।४।

बालकको मन हुन्छ नि निर्मल
त्यो मनले खुब चुम्छ धरातल
चुम्दछ बालकले जब आँगन
फुल्दछ यो भवमा नवजीवन ।५।

छन्द : मोदक
गण : भ भ भ भ
गण सङ्केत :Sll  Sll Sll Sll

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:४९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...