बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई, झापा
१.
सोह्र सत्रमा
माया प्रेम साटिन्थ्यो
चिठ्ठी पत्रमा ।
२.
अल्लारे बैँस
सानोतिनो कुरामा
हुन्थ्यो है हर्ष ।
३.
भेटघाटमा
बोलचाल गरिन्थ्यो
बसि खाटमा ।
४.
हात समाइ
मेलापात गर्दथ्यौ
हाँस्दै रमाई ।
५.
हिड्थ्यौ डुलेर
घरको कामकाज
सबै भुलेर ।
६.
ठिटो अल्लारे
अघिपछि केटा छन्
गर्छन् हल्ला रे ।
७.
कुरा नसुनी
घरबाट हिड्दथ्यौँ
भन्दै मैं हुँ नि ।
८.
के के गरिन्थ्यो
स्कुल जान छोडेर
तल झरिन्थ्यो ।
९.
कोशी दोभान
ख्याल ख्याल गर्दैमा
गयो जोवन ।
१०.
मध्य यो राती
आउँदछ सम्झना
मुटुमा थाती ।
वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५० मा प्रकाशित






























