back

कविता : जीवन बाचौँ आज यहीँ

वि.सं.२०८१ मंसिर ८ शनिवार

411 

shares
GLOBAL IME AD
NTC AD

भूपाल अधिकारी, विराटनगर

नैतिकताको पाठ सिकी
मानवताको रङ्ग भरी
आपसमा नै प्रेम गरी
जीवन बाचौँ आज यहीँ ।१।

भेद हटाई चिन्तनमा
बोल अरूका रोदनमा
होस् मह जस्तै शब्द सधैँ
जीवन बाचौँ आज यहीँ ।२।

क्रन्दन पीडा दुःख भुलौँ
आखिर हाँस्दै बाँच्न सिकौँ
कोमल यौटा फूल बनी
जीवन बाचौँ आज यहीँ ।३।

दर्पण जस्तै जीवन यो
मानव चोला व्यर्थ नहोस्
सत्य धरामा कर्म गरी
जीवन बाचौँ आज यहीँ ।४।

शान्ति अहिंसा मार्ग चली
निस्क हमेशा बुद्ध बनी
छोड निरासा अग्नि भनी
जीवन बाचौँ आज यहीँ ।५।

छन्द : मणिमध्य
गण : भ म स
सङ्केत :Sll  SSS  llS

 

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५१ मा प्रकाशित

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

चारु राग विराग

चारु राग विराग

डिल्ली राज घिमिरे, अर्घाखाँची हुन् गौतम बुद्ध मान हेर हाम्रो...

गजल

गजल

बिष्णुकुमार बराइली मिरिक, दार्जीलिङ ऊ सोच्छ आफैँ बनेछु नायक छ...

गजल

गजल

उत्तम विचार, नुवाकोट ठुला मान्छे दम्भ गर्छन् र सानाको अर्थ...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. अनेकतामा एकता बनाऊँ शत्रुसामु कहिल्यै नझुक्ने...

कविता : देशप्रेम

कविता : देशप्रेम

कलानिधि दाहाल, काठमाडौं हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो...