back
CTIZAN AD

कविता : जीवन बाचौँ आज यहीँ

वि.सं.२०८१ मंसिर ८ शनिवार

1.2K 

shares

भूपाल अधिकारी, विराटनगर

नैतिकताको पाठ सिकी
मानवताको रङ्ग भरी
आपसमा नै प्रेम गरी
जीवन बाचौँ आज यहीँ ।१।

भेद हटाई चिन्तनमा
बोल अरूका रोदनमा
होस् मह जस्तै शब्द सधैँ
जीवन बाचौँ आज यहीँ ।२।

क्रन्दन पीडा दुःख भुलौँ
आखिर हाँस्दै बाँच्न सिकौँ
कोमल यौटा फूल बनी
जीवन बाचौँ आज यहीँ ।३।

दर्पण जस्तै जीवन यो
मानव चोला व्यर्थ नहोस्
सत्य धरामा कर्म गरी
जीवन बाचौँ आज यहीँ ।४।

शान्ति अहिंसा मार्ग चली
निस्क हमेशा बुद्ध बनी
छोड निरासा अग्नि भनी
जीवन बाचौँ आज यहीँ ।५।

छन्द : मणिमध्य
गण : भ म स
सङ्केत :Sll  SSS  llS

 

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...