back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ मंसिर ८ शनिवार

2.2K 

shares

प्रमोद भट्टराई ’प्रतीक’
कौशलटार, भक्तपुर

१.
मिल्ने भए देखि, एक अर्को जुनी माग्ने थिएँ
आफुसँग मिल्न सक्ने, साह्रै गुनी माग्ने थिएँ
अरूलाई त पटक पटक जाँचेर हेरि पनि सकेँ
अरू प्रति भएन भरोसा फेरि उनी माग्ने थिएँ ।

२.
आवश्यकता पर्दाखेरि मज्जाले खेल्न पनि हुने
आफ्नो अनुकूल भएन भनेदेखि पेल्न पनि हुने
मन जस्तो सजिलो खेलौना अर्थोक हुँदैन साथी
झेल्नै नसकिने भयो भने अन्यत्रै ठेल्न पनि हुने ।

३.
जीवनको गति जति जति ओरालो लाग्न थाल्छ
चम्किला दिन पनि, निख्खर कालो लाग्न थाल्छ
भित्र भित्रै असन्तुष्टिको बिउ उम्रिन थाल्यो भने
माकुराले बुने जस्तो मनभित्र जालो लाग्न थाल्छ ।

४.
मीठा कुरा गर्यो भन्दैमा, कसरी पो विश्वास गर्ने
मायाँ धेरैले दर्शाउँछन्, एउटा मात्रै हो रोज्नु पर्ने
विज्ञानले मन जाँच्ने उपकरण नबनाएरै दुःख भो
कसलाई स्वीकार गर्ने ? कसलाई पो आँखा तर्ने ?

५.
समर्पणमा मात्रै किन, त्यागमा पनि प्रेम लुकेको हुन्छ
शरीरले त्यागे पनि आखिर मन त त्यतै झुकेको हुन्छ
बेलुन जस्तै हो सम्बन्ध फुक्दा फुक्ने निचोर्दा खुम्चिने
आत्मियता र मित्रतामा मात्रै, मन पनि फुकेको हुन्छ ।

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५२ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...