back
CTIZAN AD

लघुकथा : नव्यता

वि.सं.२०८१ मंसिर ८ शनिवार

1.5K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

उनलाई चौतर्फी दबाब आयो । सर्जकहरूको कथा, लघुकथा परिचर्चा गर्दा उनको एउटै विचार र सुझाव आउँथ्यो –

‘लेखन, नयाँ बोतलमा पुरानो रक्सी भयो । अब चिन्तन र नविनताको नितान्त अवश्यकता छ । नत्र ऐँजेरू पलाउँछ ।’

यही भनाइ अहिले उनका लागि गलपासो भयो ।

सबै पाठक र सर्जकहरूबाट एकै चुनौती आएको थियो –‘लौ गुरु एउटा उदाहरणार्थ कथा लेख्नु प¥यो ।’

दिमागमा केही फुरेकै थिएन । कसरी गर्ने ? कसरी पार पाउने ? केही त फुराउनु नै पर्यो, सोच्दै थिए, झट्ट उनको दिमागमा बत्ती बल्यो । झटपट ल्यापटप खोले ।

‘नमस्कार ! भन्नुस्, के सहयोग गर्न सक्छु ?’, एउटा नयाँ एपको खोल्न साथ आएको सूचनाले उनको मन प्रफुल्लित भयो ।

‘मलाई एक रोमाञ्चक छोटो कथाको आवश्यकता छ ।’ , उनले एपसँग वार्तालाप सुरु गरे ।

‘कस्तो कथा ? समाजिक, राजनैतिक, व्यङ्ग्यपरक, पौराणिक….?’ , एपले प्रतिप्रश्न ग¥यो ।

‘यस्तो कथा, जो कसैले नलेखेको होस् ।’, विश्वस्त हुँदै जवाफ दिए ।

केही समयपछि एपले कथाहरूको ताँती लगायो र जवाफ दियो –
‘ तपाईंलाई यी कथाहरूले पक्कै सन्तुष्ट दिनेछन् ।’

उनले सबै कथाहरूको गहन अध्ययन गरे । कुनै चित्त बुझेन, फेरि अनुरोध गरे –

‘हैन , यी त सबै पुराना र लेखिएको कथा भए । यो लेख्यो भने सरासर चोरी हुँदैन र ?’

बिदा माग्दै एपले जवाफ दियो – ‘माफ गर्नुस् महाशय यहाँ चोरी नगर्ने को छ र ?’

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...