back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर ८ शनिवार

948 

shares

बिके मुखिया, दार्जिलिङ, भारत

जनता मूर्ख, नेता अधर्मी झुटा छन्
खोज्दै भाग्य खाडी पुगेका युवा छन्

बालक वृद्ध देख्दै छु सहारा बिनाका
हाम्रो भाग्य लेख्ने विधाता कता छन्

अग्ला छन् महल जुन उज्यालो त्यहीँ छ
झुपडीमा घुसेका अँध्यारा घना छन्

भो गणतन्त्र कस्तो अनौठो कथाझैँ
कुर्सीमा लुटेरा बसेका सदा छन्

लेखेको छु आफ्नै दुखेसो कहानी
हरदम यी परेली रुझेका कथा छन्

बहर : घनु
अर्कान : मफ्ऊलातु फैलुन् फऊलुन् फऊलुन्
वजन : २२२१ – २२ – १२२ – १२२
काफिया : आ ( एकाक्षरी )
रदिफ : छन्

वि.सं.२०८१ मंसिर ८ शनिवार ०४:५८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...