back
CTIZAN AD

कविता : वा कतै !

वि.सं.२०८१ मंसिर ८ शनिवार

1.1K 

shares

निम्बतरु, अर्घाखाँची

सहरका गल्लीका पोलहरूमा गुजुल्टिएका तारहरू
जति अल्झो होऊन्
नयाँ समाचार सञ्चारिक छ भनेर
मिलाउदैनन् चुँडाउदैनन् कि ?
सञ्चार यतै अल्झिऊन्÷छ
गुजुल्टो फुकाऊ
वा कतै देश बनिहाल्छ कि

पहाडी सडकका घुम्तीहरु
जति डरलाग्दा होऊन
रफ्तार तेज हुन्छ भनेर मिलाउँदैनन्
रप्तारहरु घुम्तीहरुमै अल्मलिउन् /छ
रफ्तार देऊ
वा कतै देश बनिहाल्छ कि

भट्टी पसलहरू
यथावत रहन्छन् रहनुपर्छ
त्यसले तात्नेहरू सेलाउछन्
रौनक फेरि सन्नाटा हुन्छ
जनता यतै भुलुन् / छ
भट्टी बन्द गर
वा कतै देश बनिहाल्छ कि

सहरका गल्लीहरू यति घुमाउरा हुन्छन् कि
बनाउनेहरू यति बाठा छन्
विद्रोहहरू घुम्दै घुम्दै गल्लीहरूमै हराउन्÷छ
गल्लीहरू सिधा पार
वा कतै देश बनिहाल्छ कि

रातको बाह्रतेह्र बजे कोही जागा रहदैनन्
जागा रहेको भए सायद
देश बनाउने सूत्र थाहा हुन्थ्यो
अब जागा रहो नेपाली हो रातको बाह्रबजे
आकाशवाणी हुन्छ
आकाशवाणीको भाषा नबुझेर देश नबनेको हो कि
जागा रहो नेपाली हो
वा कतै देश बनिहाल्छ कि

जँगे बाको स्टयाचु अलि पर सारओ त भाइ हो
कतै पैतला मुनि
देश बनाउने सपना
र खजना केही छिपाएका छन् कि
रहिछ त
वा देश बनिहाल्छ कि

भाइ हो !
राराको पानी सप्पै निकाल त
कतै यता पो छ कि दस्तावेज
भेटिए त
वा कतै देश बनिहाल्छ कि

एकछिन पर्ख
न जाओ यसै परदेश
आमाले सुर्केथैली फुकाउँंदैछिन्
थैली फुके
वा कतै देश बनिहाल्छ कि

वि.सं.२०८१ मंसिर ८ शनिवार ०५:०० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...