back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ मंसिर ८ शनिवार

2K 

shares

गणेश लोहनी
चितवन, हाल-काठमाण्डौ

१.
छिनालियो कठै ! गर्दन रगत बगिरह्यो
मारखानेका अश्रु–धारा फगत बगिरह्यो
अहिंसाको बुद्ध–शिक्षा भालुलाई पुराण
रक्त–रञ्जित प्रवाहमा जगत बगिरह्यो ।


उटपट्याङ बहानामा भाषा खाए भेष खाए
जे जे खान मिल्छ सारा नराखेर शेष खाए
बाँदरको हातमा नरिवल, पछुताएर के गर्नु
छद्मभेषी लुटेराले लाजै नमानि देश खाए ।


विष्टा खाने किन नहोस् कागका पुजारी हामी
प्राणघातक विषालु जीव नागका पुजारी हामी
विवेकशिल बन्नै नसकेका हामी सदावहार बुद्धु
गृहस्तीमा कलहको बिज रागका पुजारी हामी ।


वनझाँक्रीको मन्त्र पनि निष्प्रभावी बनाए
आफुफस्ने मुद्दामा स्वयंलाई हावी बनाए
बदमासी उदाङ्गो पार्न प्रतिबद्ध पात्रहरूलाई
फायलकै चाङ मुनि दबाउने चाबी बनाए ।


सङ्ग्रहको लालचले नै दुःख खेप्छ माहुरीले
मान्छेहरूलाई उडाई रहेछ तिर्सनाकै हुरीले

तृष्णाबाट बच्न सके सहज हुन्थ्यो जिजीविषा
जिन्दगीभर बिना खोज्दै दुःख पायो कस्तुरीले ।

वि.सं.२०८१ मंसिर ८ शनिवार ०५:०२ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...