काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । कायस्थलाई मंसिर ७ गते बसेको बैंकको संचालक समितिको ४६९ औं बैठकले मंसिर ९ गते आजदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिव १४ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा कार्य कुशलता प्रदर्शन गर्दै आएका राजकायस्थ हाल बैंकको प्रमुख वित्तअधिकृतको रुपमा कार्यरत थिए । वित्तव्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको बैंकले जनाएको छ । बैंकका अनुसार हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि हुन् ।
बैंकका अनुसार डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्डु सिटिजन्स फोनपे क्रेडिट कार्डु सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने र रु २ लाख ५० हजार सम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्डमार्फत ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् ।
साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधालाई मध्यनजर गर्दैे नयाँ बचत योजना “हेल्थ एण्ड वेल्थ बचत खाता” को पनि सुरुवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्चब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजनाअन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एक पटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुई पटक दाँत र एक पटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
वि.सं.२०८१ मंसिर ९ आइतवार १२:०७ मा प्रकाशित






























