back
CTIZAN AD

माओवादी केन्द्रीय सदस्य राईको निधनमा प्रचण्डद्वारा शोक व्यक्त

वि.सं.२०८१ मंसिर ९ आइतवार

864 

shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पदमबहादुर राईको ५८ वर्षको उमेरमा भएको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शोक व्यक्त गरेका छन् । उनी केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचाररत थिए ।

राइको शनिबार बेलुकी साढे छ बजे वीर अस्पताल काठमाडौँमा निधन भएको थियो । अध्यक्ष प्रचण्डले राइको निधनमा एक शोक वक्तव्य जारी गर्दै दिवंगत राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

राईको जन्म २०२३ साल पुस १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साबिक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उनका दुई दाजु, एक भाइ र छ जना दिदीहरू छन् । उनको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई छन् । उनले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गरेका थिए ।

उनको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौँको सदस्यता प्राप्त गरी विद्यार्थी सङ्गठनको इकाई र जिल्ला समिति हुँदै तेह्रौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गरेका थिए ।

२०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर–तेह्रथुम–सङ्खुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भूमिका निर्वाह गरेका थिए ।

उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसद्को सदस्य तथा भौतिक योजना राज्यमन्त्री भएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

शोक वक्तव्यमा भनिएको छ, ‘राईको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’

वि.सं.२०८१ मंसिर ९ आइतवार १२:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...