back
CTIZAN AD

चाइना कार्ड’ खेल्न खोजियो भनेको होइन : प्रचण्ड

वि.सं.२०८१ मंसिर १० सोमवार

774 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको बताएका छन् ।

चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको छलफलमा प्रचण्डले आफू पहिलोचोटि प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण चीनकै गरेको बताएका छन् ।

प्रचण्डले कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको बताए । ‘मैले पहिला चीन भ्रमण गरेर भ्रमण भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो’, प्रचण्डले भने ।

प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे प्रष्टोक्ति पनि दिएका थिए । ‘उहाँले चाइना कार्ड खेल्न खोजेको भनेको होइन, राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भनेको हो’, उनले आफ्नो अभिव्यक्ति सच्याउँदै प्रष्ट पारेका थिए ।

दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएको थियो । ओलीले त्यसको प्रतिवाद गरेका थिए ।

वि.सं.२०८१ मंसिर १० सोमवार १७:३१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...