back
CTIZAN AD

रोग लाग्नै नदिन सचेत हुनुहोस् : सहरी विकासमन्त्री

वि.सं.२०८१ मंसिर १० सोमवार

999 

shares

भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न आधुनिक भवनको आज शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय दिनुपर्ने उल्लेख गर्दै रोग लाग्नु अगाडि नै समयसमयमा ल्याब परीक्षण गरेर स्वास्थ्यका बारेमा चासो दिनुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले भने, “स्वास्थ्य भन्ने कुरा आफू वा आफ्नो परिवारमा कोही बिरामी नपरी नबुझिने रैछ, आफैँ बिरामी भएपछि मात्रै भोग्नुपर्ने समस्याका बारेमा राम्रैसँग थाहा हुँदोरैछ, परिवारमा कोही बिरामी परेपछि कति पीडा, चिन्ता र समस्या हुन्छ भन्ने बुझिँदो रैछ, त्यसैले रोग लाग्नु अगाडि नै सचेत हुनुपर्ने रहेछ ।”

उनले नेपाल र कोरियाबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै यो अस्पतालले अझै भूमिका खेलेकाले अस्पतालले दिने सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताए ।

वि.सं.२०८१ मंसिर १० सोमवार १७:१८ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...