back
CTIZAN AD

अर्थतन्त्र सुधार्ने प्रयास गर्दा प्रधानमन्त्रीमाथि प्रहार भयो : शंकर पोखरेल

वि.सं.२०८१ मंसिर ११ मंगलवार

873 

shares

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेका बताएका छन् ।

एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नेमाथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले भने, ‘अहिले केपी ओलीमाथि प्रहार भइरहेको छ । जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कस्तो प्रहार हुन्छ भन्ने कुरा अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ ।’

सर्वोच्च अदालतको फैसलाबाट कमजोरले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरु भएको उनले बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको महासचिव पोखरेलले जिकिर गरे ।

उनले भने, ‘जसले गल्ती ग¥यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन, त्यो आलोचनाको निशानामा छ । यसअघिको सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन्, भुक्तानी गर्नुपर्ने छ भनेर दायित्व पनि राखेनन् ।’

देश बनाउन नेतामात्र होइन, जनता पनि लाग्नुपर्नेमा उनले जोड दिए । उनले थपे, ‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नुप¥यो, पार्टीलाई गाली गरेमात्रै देश बन्दैन, नेतालाई गाली गरेरमात्रै देश बन्दैन । अहिले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको छ । त्यसलाई सुधार्न दुई ठूला दलले सरकार बनाएका छौं । हामीले सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेछ ।’

वि.सं.२०८१ मंसिर ११ मंगलवार १०:१० मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...