back
CTIZAN AD

‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’

वि.सं.२०८१ मंसिर ११ मंगलवार

537 

shares

मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताएका छन् ।

बूढीगङ्गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला–२०८१ को आज उद्घाटन गर्दै उनले विद्यालयस्तरमा खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रष्फुटन हुनुका साथ अध्ययन र अनुशासन कायम गर्नमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

सरकारले विद्यालयस्तरमा खेलकुदको आवश्यकता चाहिन्छ भनेर ‘राष्ट्रपति रनिङ कप’ लाई धेरै महत्त्व दिएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षदेखि स्थानीय तहमा बजेटसहित प्रशिक्षक पठाउने जानकारी दिए ।

मन्त्री चौधरीले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको बहुवर्षीय योजनाभित्र राखेको जानकारी दिए । त्यसका लागि रू तीन अर्बभन्दा बढीको बजेट विनियोजन गरी चाँडै निर्माण प्रक्रिया सुरू गर्ने उनले बताए ।

पूर्वमन्त्री एवं सांसद डिकबहादुर लिम्बूले स्थानीय तहमा हुने खेलकुद प्रतियोगिताले उत्कुष्ट खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै खेल क्षेत्रको विकास र योग्य नागरिक निर्माण हुने धारणा राखे ।

प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले खेलकुदको माध्यमबाट खेलाडीले आयआर्जनसहित मुलुकको नाम विश्वमा चिनाउन सक्ने बताए । बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापामगर, उपप्रमुख अमृता गच्छदार, उद्योगपति नवीन रिजाल, प्राचार्यद्वय रीता न्यौपाने र धनेशप्रसाद निरौलालगायतले खेलकुदको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेको विचार राखे ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिका ३५ सामुदायिक र निजी विद्यालयका आठ सय छात्रछात्राहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल, कराँते, एथलेटिक्स, कबड्डी र प्रतिभा पहिचान वक्ततृत्वकला प्रतियोगिता हुनेछ ।

वि.सं.२०८१ मंसिर ११ मंगलवार १९:५० मा प्रकाशित

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...