back
CTIZAN AD

चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप बढ्याे

वि.सं.२०८१ मंसिर १२ बुधवार

723 

shares

बागमती । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुसहित बागमतीका विभिन्न जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् ।

मकवानपुरको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा रामचन्द्र सापकोटाले जानकारी दिए । अहिले दैनिक ६० जनासम्म रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या भएका बिरामी आउने गरेका उनले बताए ।

जिल्लाको मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पतालसहित ग्रामीण भेगका अस्पतालमा पनि रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिझारले जानकारी दिए । पछिल्लो केही दिनयता चिसो बढेपछि हेटौँडासहित जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको छ ।

वि.सं.२०८१ मंसिर १२ बुधवार १४:२७ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...