back
CTIZAN AD

कृषि विकास बैंक मेलम्ची शाखाद्वारा प्रहरीलाई सि.सि.टि.भि. सहयोग

वि.सं.२०८१ मंसिर १२ बुधवार

996 

shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेड मेलम्ची शाखाले प्रहरीलाई सि.सि.टि.भि. सहयोग हस्तान्तरण गरेको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी बैंकले इलाका प्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सि.सि.टि.भि. वितरण गरेको हो ।

उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उप–महाप्रवन्धक, वागमति प्रदेश निर्देशक, मेलम्ची शाखाका प्रवन्धक प्रज्वल भट्टराई लगायतको उपस्थिती रहेको थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक श्री कुमार चौलागाई लगायत विभिन्न सुरक्षाकर्मीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा सि.सि.टि.भि. हस्तान्तरण गर्दै बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरित्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागीता जनाउन पाँउदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्ती सुरक्षा कायम राख्न ठुलो योगदानदिन सक्ने धारणा राखे । बैंकले यस क्षेत्रमा करिव १ अर्व वरावरको कर्जा लगानी गरी विकट ग्रामिण क्षेत्रका जनताको कर्जा आश्यकता पुरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको व्यहोरा उल्लेख गरे । कृषि विकास बैंक जस्तो ग्रामिण भेगमा गएर खेत वारी धितोको आधारमा कर्जा दिने अन्य कुनै बैंक नरहेको विचार व्यक्त गर्दै बैंकबाट लिएको कर्जा समयमानै भुक्तानी गर्न सामाजिक सचेतनाको लागि स्थानीयनिकाय, प्रहरी, नागरिक समाज, राजनैतिक संघ संगठन आदिलाई अनुरोध गरे ।

उक्त कार्यक्रममा इलाकाप्रहरी कार्यालयका प्रहरी निरिक्षक श्रीकुमार चौलागाईले उक्त सि.सि.टि.भि ग्रहण गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले गरको यस प्रकारको योगदान दिर्धकालसम्म अविस्मरणीय रहने र आगामी दिनमा समेत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैति, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्र्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सि.सि.टि.भि. प्रदान गरेको जनाएको छ । बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको बैंकले जनाएको छ । मेलम्ची शाखाले आप्mनो स्थापना काल २०४२ साल देखी हालसम्म निरन्तर सेवा प्रवाह गरी रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका उप–महाप्रवन्धक शुसिल हुमागाईं, वागमती प्रदेश निर्देशक चन्द्र सिंह थापाको उपस्थिती थियो भने कार्यक्रम बैंकका प्रवन्धक प्रज्वल भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

वि.सं.२०८१ मंसिर १२ बुधवार १५:०६ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...