back
CTIZAN AD

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

वि.सं.२०८१ मंसिर १२ बुधवार

1K 

shares

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो । यो प्रशिक्षणसँगै उनीहरु मानसिक स्वास्थमा समस्या भएका मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने भएका छन् ।
मानसिक स्वास्थमा समस्या भएका मानिसलाई पहिचान गरी त्यस अनुसार प्राथमिक उपचार गराउन नसक्दा गम्भीर समस्या उत्पन्न हुने गरेको छ ।
गत मार्च २७ मा न्यूयोर्क सिटी पुलिसले विन रोजारियो नामक मानसिक स्वास्थमा समस्या भएका बङ्गाली मूलका १९ वर्षीय युवालाई गोली हानी मारिदिएको थियो । रोजारियो आफैले प्रहरीलाई फोन गरी सहयोग मागेका थिए ।

सहयोगका लागि क्विन्सको ओजोन पार्कस्थित रोजारियोको घर पुगेका प्रहरीले नै गोली हानेका थिए । प्रहरीसँग मानसिक रोग पहिचान र उपचार गर्ने स्वास्थ्यकर्मी थिएनन्। प्रशिक्षणपछि गैर आवासीय नेपाली सङ्घ अमेरिका (एनआरएनए) का अध्यक्ष सूर्य लम्सालले मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण कार्यक्रम धेरै महत्वपूर्ण भएको बताए ।

‘मेरो सिस्टरको मृत्युपछि श्रीमान, जो मेरो असल मित्र पनि हुनुहुन्थ्यो, साह्रै विक्षिप्‍त हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले आत्महत्या गर्नुभयो । आजको प्रशिक्षणपछि मैले सुसाइडल सिम्टम्सबारे थाह पाएँ । उहाँले त्यतिबेला पर्याप्त सुसाइडल सिम्टम्स देखाउनु भएको थियो । मैले त्यतिबेला ती सिम्टम्स पहिचान गर्न नसक्दा एउटा असल मित्र गुमाउनु प¥यो ।’ उनले प्रशिक्षणले आफ्नो नजिकका मानिसको मानसिक स्वास्थ्य पहिचान गर्न र उनीहरूको रेखदेख गर्न सक्षम बनाएको बताए ।

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको प्रशिक्षणमा प्रशिक्षकहरूले संस्कार र लोकलज्जाका कारण मानसिक स्वास्थ्यमा भएको समस्या लुकाइने गलत अभ्यास रहेको बताए । उनीहरूले विभिन्न अध्ययनले मानसिक रोग लागेको १२ वर्षपछि मात्र उपचार खोज्ने गरेको देखाएको उल्लेख गरे । प्रशिक्षकहरूले ‘इफ यु ह्याभ ब्रेन, यु ह्याव मेन्टल हेल्थ’ भन्दै हरेकले आफ्नो मानसिक समस्याको उपचार खोज्नु आवश्यक रहेको बताए ।

फिप्नाका अध्यक्ष तोरण गुरुङले कोभिड १९ प्याण्डेमिकपछि मानसिक स्वास्थ्यमा समस्या बढेको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले नेपाली समुदायमा मानसिक रोगसँग लड्न क्षमता अभिवृद्धि गर्ने बताए । ‘अहिलेको ब्यवस्था समयमा मानिस विभिन्न कारणले डिप्रेस्ड हुन्छ, उनीहरूमा पेनिक एटेक हुन्छ, त्यसका लागि मेन्टल हेल्थ प्रशिक्षण आवश्यक छ,’ उनले भने । फिप्नाका महासचिव दीपक चौधरीले समुदायमा मानसिक स्वास्थ्यको अवस्था र महत्वबारे प्रकाश पारे । एनवाइसी डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनकी कम्युनिटी प्लानिङ एण्ड इङ्गेजमेन्ट डिभिजन अफ मेन्टल हाइजिन डाइरेक्टर कर्कलिन एस्कोन्डोले नेपाली समुदायका अगुवाहरुलाई मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण दिन पाउँदा खुशी व्यक्त गरिन् । उनले यो प्रशिक्षणले नेपाली समुदायमा मानसिक रोग पहिचान गर्न र उपचार खोज्न सहयोग पुग्ने विश्वास व्यक्ति गरिन् । उनले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।

वि.सं.२०८१ मंसिर १२ बुधवार १५:५१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...