back
CTIZAN AD

सुशासनका लागि माओवादीलाई भोट हाल्नुस् : प्रचण्ड

वि.सं.२०८१ मंसिर १२ बुधवार

954 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल गरेका हुन् ।

‘यो उपनिर्वाचनले यथार्थमा भोलिको आम निर्वाचनका लागि नयाँ सन्देश दिने छ । साँच्चै नेपाली जनता सुशासनको पक्षमा रहेको, भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने एउटा अवसर पनि हो ।’ प्रचण्डले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति बिसंगतीविरुद्ध एउटा नयाँ परिस्थिति सिर्जनाका लागि हामीलाई मतदान गर्नुहोस्। सुशासनको पक्षमा र सबैखाले बेथिति विरुद्ध एउटा नयाँ अभियान सुरु गरौं ।’

उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे । मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

 

वि.सं.२०८१ मंसिर १२ बुधवार १६:५० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...