back
CTIZAN AD

ट्रम्पको शुल्क तयारी गर्न जर्मनीद्वारा युरोपेली सङ्घलाई आग्रह 

वि.सं.२०८१ मंसिर १२ बुधवार

870 

shares
फ्रेङ्कफर्ट (जर्मनी) । जर्मनीका अर्थमन्त्री रोबर्ट हाबेकले मङ्गलबार अमेरिकी राष्ट्रपति–निर्वाचितडोनाल्ड ट्रम्पले युरोपको निर्यातमा ठूलो शुल्क लगाउन सक्ने सम्भावनामा युरोपले तयारी गर्नुपर्ने र त्यस्ता कदमहरूको सामना गर्न एकजुट हुनुपर्ने बताएका छन् ।
आफ्नो कार्यकालको पहिलो दिन नै मेक्सिको, क्यानाडा र चीनबाट आउने सामानमा व्यापक शुल्क लगाउने ट्रम्पको योजना रहेको भन्दै उनको यस्तो टिप्पणी आएको हो ।
“युरोप वा जर्मनीमा पनि यस्तै केही हुनसक्छ भन्ने तथ्यका लागि हामी तयार हुनुपर्छ”, जर्मनीका भाइस चान्सलरसमेत रहेका हाबेकले बर्लिनमा व्यापार सम्मेलनमा भने।
चुनावी अभियानमा ट्रम्पले विश्वभरका वस्तुहरूमा उच्च शुल्क लगाउने धम्की दिएका थियो । संयुक्त राज्य अमेरिका युरोपीय महाद्वीपको निर्यातका लागि प्रमुख गन्तव्य भएकाले यसले युरोपमा चिन्ता निम्त्याएको थियो ।
सोमबारको ट्रम्पको घोषणाले उहाँका धम्कीहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने सङ्केत गरेको हाबेकले बताए ।
“युरोपेली सङ्घ (इयु) ले यसको प्रतिक्रिया एकजुट रूपमा दिनुपर्छ र युरोपको रूपमा एकसाथ बोल्नुपर्छ”, महाद्वीपका नेताहरूले प्रतिशोधात्मक उपायहरूका बारेमा सोच्नुअघि संवाद खोज्नुपर्ने उल्लेख गर्दै उनले भने, “अन्त्यमा शुल्कबाट अमेरिकासहित सबैले हार्छन् भन्ने स्पष्ट पार्नुपर्छ ।”
क्यानाडा र मेक्सिकोमा कर लगाउने वाचा गरेर ट्रम्पले वासिङ्टनसँग स्वतन्त्र व्यापार सम्झौता भएका दुई देशलाई लक्षित गरिरहेको उनले उल्लेख गरे ।
“जसका आधारमा हामीले आफ्नो आर्थिक, औद्योगिक र विदेश नीतिहरू समायोजित गरेका छौँ, ती नियमहरू बढी कमजोर हुँदैछन् वा तिनीहरूको पालना गरिँदैन”, हाबेकले भने ।
ट्रम्पले विगतमा इयुलाई संयुक्त राज्य अमेरिकासँग ठूलो व्यापार अधिशेषका लागि आलोचना गरेका थिए ।
उनको पहिलो कार्यकालमा वासिङ्टनले युरोपेली इस्पात र आलुमिनियम निर्यातमा कर लगाउँदा इयुलाई अमेरिकी सामानहरूमा कर लगाउन उत्प्रेरित गरेको थियो ।
जर्मनीको निर्यातमुखी अर्थतन्त्र नयाँ अमेरिकी शुल्कहरूबाट विशेष रूपमा प्रभावित हुनेछ । त्यसले एक प्रतिशत विकासदर घटाउन सक्ने केन्द्रीय बैंकले हालै चेतावनी दिएको छ ।एएफपी

वि.सं.२०८१ मंसिर १२ बुधवार १६:४४ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...