back
CTIZAN AD

जलेश्वरधाममा बालाचर्तुदशी मेलाको तयारी पूरा

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

807 

shares

भद्रपुर (झापा) । पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचर्तुदशीको अवसरमा आयोजना गरिने ४२औँ वार्षिक अनुष्ठानको तयारी पूरा भएको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकादेखि यस क्षेत्रमा लाग्ने मेलाको तयारी पूरा भएको धाम व्यवस्थापन समितिले जनाएको छ ।

समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार विश्वशान्ति र पितृ उद्धारका लागि मङ्सिर ८ गतेदेखि सुरु भएको महायज्ञ शनिबार बालाचर्तुदशीको दिनसम्म सञ्चालन हुनेछ । धाममा एक सय आठ आचार्य ब्राह्मणद्वारा श्रीमद्भागवतसहित हवन महायज्ञ भइरहेको उनले जानकारी दिए ।

उक्त अवधिमा पाँच लाख भन्दाबढी आन्तरिक तथा बाह्र श्रद्धालु भक्तजन यस क्षेत्रमा आउने अनुमान गरिएको कोषाध्यक्ष जोशीले बताए । महाभारतकालीन इतिहास बोकेको यस धामले जलेश्वरधामको रूपमा पौराणिक इतिहास उजागर गर्दै विसं २०२३ देखि आधुनिक संरचना बनाउन सुरु गरेको थियो । हालसम्म करिब पाँच बिघा क्षेत्रफलमा बृहत् धाम विकासमा अघि बढिरहेको उनको भनाइ छ ।

धामभित्र एक सय आठ शिवलिङ्ग तथा पार्वती मन्दिर, शनि मन्दिर, यज्ञशाला, मोक्षेश्वर शिव लिङ्ग, अर्जुनवाण मूल पोखरी, पाँचधारा, धान्यचल, कालीनाग मन्दिर, हनुमान स्तम्भ, सन्त निवास भवन, श्री हनुमान लक्ष्मीनारायण तथा नटराज गणपति मन्दिर र गौशला छन् ।

रासस /फाइल फोटो

वि.सं.२०८१ मंसिर १४ शुक्रवार १३:०४ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...