back
CTIZAN AD

एनपीएलको आज उद्घाटन हुँदै, जनकपुर बोट्ल्स कप्तान परिवर्तन 

वि.सं.२०८१ मंसिर १५ शनिवार

891 

shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
आजदेखि सुरू हुने उक्त प्रतियोतिाको सम्पूर्ण काम सकिएको क्यानका अध्यक्ष चतुरबाहदुर चन्दले बताए । अध्यक्ष चन्दले सहभागी आठ टोलीलाई सफलताको शुभकामनासमेत प्रदान गरे । एनपीएलका लागि बेहुलीझैँ सिँगारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको केही पार्टमा कलर मात्र लगाउन बाँकी रहेको छ । बाँकी काम भने सम्पन्न भइसकेको छ ।
उक्त प्रतियोगिताको उद्घाटन खेल आज हुँदैछ । जसमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्नेछ । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । जनकपुरका कप्तान अनिल शाहले भने प्रतियोगितामा राम्रो खेल्दै विराटनगरविरूद्धको खेलमा जित निकाल्ने विश्सास व्यक्त गरे ।
त्यसैगरी विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो टोलीको तयारी राम्रो भएकाले भोलिको खेल जित्ने विश्सास व्यक्त गरे । उनले भने, “सबैले जित्नको लागि नै खेल्ने हो सो हामी पनि जित्न कै लागि खेल्छाँै ।”
एनपीएलमा जनकपुर बोट्ल्स कप्तान परिवर्तन 
नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी आठ टोलीमध्ये जनकपुर बोट्ल्सले मात्र मार्की नरहेको खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको छ । बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ । जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।
त्यस्तै जनकपुरको मार्की खेलाडी भने आशिफ शेख छन् । जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए । उनले भने, “मलाई स्थानीय खेलाडीको जानकारी धेरै हुने भएकाले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिइएको हो ।” सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन् ।

वि.सं.२०८१ मंसिर १५ शनिवार ०७:४३ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...