back
CTIZAN AD

क्रान्तिकारी कम्युनिस्ट पार्टीमा २० समूहमा छलफल हुँदै

वि.सं.२०८१ मंसिर १६ आइतवार

1.4K 

shares

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको जारी बन्दसत्रमा पेस भएको विभिन्न दस्ताबेजमाथि समूहगत छलफल प्रारम्भ भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयको अडिटोरियल हलमा संयोजक वैद्य, नेताहरू सन्तबहादुर नेपाली, रामसिंह लगायतले पेस गरेको प्रस्तावमाथि छलफल गर्न २० वटा समूह बनाइएको थियो ।

आज समूहगत छलफल प्रारम्भ भएको आयोजक समिति सदस्य नारायण पङ्गेनीले जानकारी दिए । उनका अनुसार विभिन्न प्रस्तावमाथि छलफल गर्न सोमबारसम्मको समय दिएको छ । समूहगत निष्कर्ष टोली नेताले बन्दसत्रमा पेस गरेपछि मंगलबार संयोजक वैद्यले जवाफ दिने कार्यतालिका रहेको छ ।

बन्दसत्रको पहिलो दिन निवर्तमान केन्द्रीय समिति भङ्ग गरी कमल चौधरीको नेतृत्वमा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । जसमा दिनेश शर्मा, शोभा सेन्चुरी र चिन्तामणि पौडेल प्रभात रहेका छन् । सहभागी अर्का एक नेताका अनुसार वैद्यले पेस गरेको मूल राजनीतिक दस्तबेजमाथि मसाल समूहले फरक प्रस्ताव पेस गरेका छन् । फरक प्रस्तावमाथि पनि थुप्रै क्रियाप्रतिक्रिया आएका छन् ।

मंसिर १४ गते वैद्यले ४१ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सिपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धी प्रस्ताव, हेमन्तप्रकाश वलीले कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी प्रस्ताव पेस गरेका थिए । यस्तै रामसिंह श्रीसले संगठनात्मक प्रस्ताव, सन्तबहादुर नेपालीले जलवायु परिवर्तन सम्बन्धी प्रस्ताव, परि थापाले धर्म सम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसैगरी पवनमान श्रेष्ठले जातीय नीति सम्बन्धी प्रस्ताव, सीताराम तामाङले आर्थिक नीति सम्बन्धी प्रस्ताव, केबी गुरुङले आर्थिक उपार्जन तथा उत्पादन सम्बन्धी नीति कार्यक्रम पेस गरेका थिए ।

बन्दसत्रको दोस्रो दिन इन्द्रमोहन सिग्देलले विज्ञान प्रविधि र मार्क्सवाद, सीताराम तामाङले दलित नीति र मस्यौदा, हरिभक्त कँडेलले महिला उत्पीडन र मुक्तिसम्बन्धी प्रस्ताव पेस गरेका थिए । यसबाहेक मसाल समूहले जनयुद्ध, माओवाद, राज्य पुनर्संरचना जातीय व्यवस्थाबारे फरक मत राखेका थिए ।

बन्दसत्रमा विभिन्न प्रस्तावमाथि खण्डन चलिरहेको नेता हुकुम सिंहले बताए । बन्दसत्रमा संयोजक किरणले पेस गरेको मूल प्रस्तावसहित विभिन्न प्रस्तावमाथि खण्डनमण्डन चलिरहेको छ । यी सबै प्रस्तावमाथि छलफल गर्न २० वटा समूह बनाइएको छ । आज र भोलि छलफल भएपछि सबै समूहबाट आएका सुझाव, सल्लाह, विचारलाई टोली नेताले १८ गते बन्दसत्रमा राख्नुहुन्छ । समूहबाट आएका खण्डनमण्डनको विषयमा संयोजक किरणले जवाफ दिएपछि निर्वाचन प्रक्रिया सुरु हुन्छ’, रातोपाटीसँग उनले भने ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १२:५० मा प्रकाशित

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...