back
CTIZAN AD

पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध छौँ : स्वास्थ्य मन्त्री

वि.सं.२०८१ मंसिर १९ बुधवार

720 

shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।

इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

“यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ”, मन्त्री पौडेलले भने ।

गाभीसँग सहकार्य गरेर नेपालले खोपलक्षित प्राथमिकता तय गर्ने उल्लेख गर्दै मन्त्री पौडेलले नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटइटिस बी तथा हैजाबिरुद्धसमेत खोप कार्यक्रम ल्याउने योजना बनाएको जानकारी दिए । “हामी यसबारे बिमर्श गरिरहेका छौँ”, मन्त्री पौडेलले भन्नुभयो, “नेपालले यसका लागि चाँडै औपचारिक अनुरोध गर्नेछ ।”

नेपालमा खोप कार्यक्रम सञ्चालन गर्न कुल बजेटको कम मात्र अंश स्वास्थ्यका लागि विनियोजन हुनु तथा नयाँ सङ्घीय व्यवस्थामा जनशक्ति अभावजस्ता समस्यासँग जुधिरहनुपरेको मन्त्री पौडेलको भनाइ थियो ।

“हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरण सहायता क्षमता अभिवृद्धि सहायतामा तपाईंहरुबाट सहयोगको अपेक्षा गरेका छौ”, मन्त्री पौडेलले सम्बोधनका क्रममा भने, “यस्तो सहयोगले नेपाल र नेपालजस्ता देशहरुका लागि खोपहरुको पहुँच र सुलभता महत्वपूर्ण हुनेछ ।”

कोही पनि पूर्ण खोप अभियानबाट बञ्चित नहुन् भन्नका लागि नेपालले विश्वव्यापी खोप अभियानसँग गर्ने साझेदारी महत्वपूर्ण हुने उनको भनाइ थियो ।

वि.सं.२०८१ मंसिर १९ बुधवार १६:५३ मा प्रकाशित

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...