back
CTIZAN AD

पशुपति क्षेत्रका इनारको उत्खनन गरी संरक्षण गरिँदै

वि.सं.२०८१ मंसिर २३ आइतवार

645 

shares

काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी चिनारी गराउन थालिएको छ ।

पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौं महानगरपालिका–८को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो ।

उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहेका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो । यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरू सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ । रासस

वि.सं.२०८१ मंसिर २३ आइतवार ०७:२१ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...