काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य स्थिर रहेको महासंघले जनाएको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।
वि.सं.२०८१ मंसिर २४ सोमवार १२:५६ मा प्रकाशित




























