
काठमाडौं । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यी दूबै नयाँ बाइकहरु मङ्सीर २६ मा, गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीका अनुसार सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।
एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरूमा सिंगल च्यानल एबीएस, श्रेणीकै सर्वाधिक तिब्र, फराकिलो रियर टायर, एलईडी हेडलाइट्स र ब्लूटूथ कनेक्टिविटी रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, एक्स्ट्रिम १६०का मुख्य विशेषतामा सर्वाधिक गति क्षमता, केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन र ब्लूटूथ कनेक्टिविटी आदी रहेको कम्पनीले जनाएको छ ।
सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ ।
वि.सं.२०८१ मंसिर २६ बुधवार १३:४५ मा प्रकाशित