back
CTIZAN AD

नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्दै हिरो मोटोकर्प

वि.सं.२०८१ मंसिर २६ बुधवार

939 

shares

काठमाडौं । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

यी दूबै नयाँ बाइकहरु मङ्सीर २६ मा, गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरूमा सिंगल च्यानल एबीएस, श्रेणीकै सर्वाधिक तिब्र, फराकिलो रियर टायर, एलईडी हेडलाइट्स र ब्लूटूथ कनेक्टिविटी रहेको कम्पनीले जनाएको छ । त्यसैगरी, एक्स्ट्रिम १६०का मुख्य विशेषतामा सर्वाधिक गति क्षमता, केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन र ब्लूटूथ कनेक्टिविटी आदी रहेको कम्पनीले जनाएको छ ।

सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ ।

 

वि.सं.२०८१ मंसिर २६ बुधवार १३:४५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...