काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य पनि २० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०८१ मंसिर ३० आइतवार ११:३० मा प्रकाशित




























