back
CTIZAN AD

रोल्लर स्केट प्रतियोगिताः पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम

वि.सं.२०८१ मंसिर ३० आइतवार

753 

shares

काठमाडौँ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

काठमाडौँको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । पुरुषतर्फ राजन मक्राती प्रथम भएका छन् । यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय हुनुभएको आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

उनीहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताए ।

यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय भएकी हुन् । उनीहरूले क्रामशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभएकोे महासचिव सत्य थापाले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएकोे छ ।

 

वि.सं.२०८१ मंसिर ३० आइतवार १९:५६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...