back
CTIZAN AD

वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान कोषमा नियमित गर्न माग

वि.सं.२०८१ पुस २ मंगलवार

633 

shares

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा गएका श्रमिकको योगदान सुनिश्चित गर्न श्रमिक सङ्घसङ्गठनले माग गरेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले योगदानमा आधारित रकम नियमित नहुँदा श्रमिक समस्यामा परेका बेला सामाजिक सुरक्षा कोषको सुविधाबाट वञ्चित भएकाले त्यस्तो माग गरेका हुन् ।

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको पूर्वसन्ध्यामा आज जिफन्टले पत्रकार सम्मेलनमा आयोजना गरी वैदेशिक रोजगारमा जाने श्रमिकसम्बन्धी तथ्याङ्कसमेत सार्वजनिक गरेको छ । सो अवसरमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिक÷योगदानकर्ता माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्न, प्रविधिको प्रयोग गरी रकम पठाउन, भरपर्दो र सहज बनाउन तथा नियमित योगदानलाई प्रोत्साहन गर्नका लागि प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गरे । “श्रमिककोे योगदान नियमित नहुनाले कोषको स्किमअनुसार श्रमिक स्वयम् र परिवारजनले पाउने सुविधाबाट वञ्चित हुनुपरेको छ”, उनले भने।

‘सामाजिक सुरक्षा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण’ भन्ने नारासहित बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारका लागि पुनः श्रम स्वीकृति लिने सात लाख ४१ हजार दुई सय ९७ जना र नयाँ श्रम स्वीकृति लिने चार लाख ६० हजार एक सय दुई जना रहेका छन् ।

सरकारले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ मङ्सिर २८ गते जारी गरेर सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गरेको छ । कोषमा सूचीकरण अनिवार्य गरेपछि २०८१ साल मङ्सिर २८ गतेसम्म १३ लाख एक हजार ७८ जना श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकरण गरिएका छन् । उनीहरूले रू तीन अर्ब २२ करोड ७४ लाख चार हजार चार सय ५२ योगदान गरेका छन् ।

 

वि.सं.२०८१ पुस २ मंगलवार १८:४९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...