back
CTIZAN AD

यसरी गर्न सकिन्छ, चिन्ता व्यवस्थापन

वि.सं.२०८१ पुस ५ शुक्रवार

2.9K 

shares

१. पृष्ठभूमि
वर्तमान आधुनिक युगमा कुनै पनि मानिस चिन्तारहित पाउन कठिन हुँदै गएको छ । प्रतिस्पर्धात्मक अवस्था भएको समाजमा आफ्नो लक्ष पूरा नभएपछि चिन्ताग्रस्त हुन्छ । वास्तवमा चिन्ता एक सामान्य मानविय भावना हो जसलाई असहजता, चिन्ता वा डरको भावनाले समेत चित्रण गरिन्छ । यसले मानिसमा उत्पन्न हुने तनावको प्राकृतिक प्रतिक्रियाको रूपमा कार्य गर्छ र यस्ता चुनौतीसँग लड्न उत्प्रेरक कारक बन्न सक्छ । यद्यपि, जब चिन्ता परिस्थितिसँग प्रतिकूल हुन्छ वा समयको साथसाथै बढ्दै जान्छ, यो एक विकराल अवस्थामा परिणत हुन सक्छ । वास्तवमा, जीवन, जीविका, जैविक विविधता, जन सम्बन्ध, जलवायु परिवर्तनजन्य जोखिम, जटिल प्राकृतिक विपद्, जीवाणुजन्य महामारी रोगआदिको संक्रमणले नागरिकहरुमा असुरक्षा महसुस हुन्छ । जसको परिणामस्वरुप मानिसको मनमा चिन्ता उत्पन्न हुन्छ । वर्तमान अवस्थामा जलवायु परिवर्तनको नकारात्मक असर मानिस, जीवजन्तु, वनसपति, आदिमा व्यापक रुपमा देखा परेको छ ।

मानसिक विकार कुनै एक व्यक्तिको अनुभूति, भावनात्मक नियमन, वा व्यवहारमा एउटा अशान्तिद्वारा उब्जेको विशेषता हो । यो सामान्यतया कामको महत्वपूर्ण क्षेत्रहरुमा संकट वा हानिसँग सम्बन्धित छ । जहाँ धेरै प्रकारका मानसिक विकारहरू हुन्छन् । मानसिक विकारहरूलाई मानसिक स्वास्थ्य अवस्था पनि भनिन्छ । आजकाल यो शब्द व्यापक भएको छ जुन मानसिक विकारहरू, मनोसामाजिक असक्षमताहरू र अन्यमानसिक अवस्थाहरूलाई महत्वपूर्ण संकट, कार्यमा कमजोरी, वा आत्म–हानिको जोखिमसँग सम्बन्धित छ । २०१९मा, प्रत्येक ८ मा १ व्यक्ति, वा संसारभरि ९७० मिलियन मानिसहरू मानसिक विकारको साथ बाँचिरहेका थिए । चिन्ता र तनावग्रस्त विकारहरू सबैभन्दा सामान्य भएको छ र कोभिड १९ महामारीको कारण चिन्ता र तनावग्रस्त विकारहरूसँग बाँचिरहेका मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रारम्भिक अनुमानहरूले केवल एक वर्षमा चिन्ता र प्रमुख अवसाद विकारहरूको लागि क्रमशः २६ प्रतिशत र २८ प्रतिशत वृद्धि देखाएको छ । प्रभावकारी रोकथाम र उपचार विकल्पहरू नहुँदा, मानसिक विकार भएका अधिकांश मानिसहरूको प्रभावकारी हेरचाहमा पहुँच हुँदैन । त्यसकारण धेरै मानिसहरूले कलंक, भेदभाव र मानवअधिकारको उल्लङ्घनको अनुभव पनि गर्छन् (विश्व स्वास्थ्य संगठन, २०२२) । यस आलेखको मुख्य उद्देश्य चिन्ता भनेको के हा, कारक तत्वहरु र यसको समुचित व्यवस्थापन कसरी गर्न सकिन्छ सो को अध्ययन गर्नुरहेको छ ।

२. चिन्ताका प्रकार
अहिले धेरै प्रकारका मानसिक चिन्ता मानिसमा रहेका छन्, प्रत्येकको आफ्नै खाले लक्षण र बढ्वा दिने कारक तत्वहरू हुन्छन् । सामान्य खाले चिन्तामा जेनरलाइज्ड एन्जाइटी डिसअर्डर, सोसल एन्जाइटी डिसअर्डर, पेनिक डिसअर्डर र विशिष्टखाले त्रासहरू समावेश हुन्छन् । प्रभावकारी निदान र व्यवस्थापनका लागि यिनीहरूको प्रकृति बुझ्न जरुरी हुन्छ ।

३. चिन्ताका कारण
–   आणुवांशिक अवस्था, मस्तिष्क रसायन र न्युरोट्रांसमिटरहरूमा असन्तुलनले चिन्ताको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । अझै, चिन्ताको पारिवारिक इतिहास       भएका व्यक्तिहरू यो अवस्थाका लागि बढी संवेदनशील हुन सक्छन् ।
–  जीवनका तिता अनुभवहरू, आघात र तनावपूर्ण परिस्थितिहरूमा लामो समयसम्म रहनाले चिन्ताको विकासमा मलजल पु¥याउन सक्छ । दुव्र्यवहार वा बेवास्ता        जस्ता बाल्यकालको प्रतिकूलताले पनि मानसिक स्वास्थ्यमा दिगो प्रभाव पार्छ ।
–  केही शारीरिक अवस्थाहरू जस्तै थाइरोइडिज्म र हार्मोनल असन्तुलनले पनि चिन्ताका लक्षणमा योगदान दिने गरेको पाइन्छ । चिन्तालाई समग्ररूपमा सम्बोधन        गर्न शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यबीचको अन्तत्र्रिmया बुझ्न महत्वपूर्ण हुन्छ ।
–   गरिबीको कठोर अवस्थामा जीवन जिउनु ।
–   वातावरणीय असन्तुलन र पारिस्थितिका प्रणालीमा क्षयीकरण ।
–  खाद्य तथा पोषण असुरक्षा ।
–  शिक्षा तथा स्वास्थ्य सेवामापहुँच कमी हुनु ।
–  सामाजिक विभेद जस्तै घरेलु हिंसा, बालश्रम, ज्येष्ठ नागरिकप्रति अनादार, महिला पुरुषबीच विभेद आदि ।
–  सुशासनको कमी ।
–  देशमै आकर्षक रोजगारीको कमी ।
–  जनचेतनाको कमी ।
– मानवअधिकारको हनन् ।
–  समयमा न्याय नपाउनु ।
–  लोकतन्त्रीक शासनको कमी ।
– भ्रष्टाचार, संगठित अपराध, सरकारी निर्णय प्रक्रियामा ढिलासुस्ती, महङ्गी, अत्याधिक हुनु ।
–  प्राकृतिक विपद्, घरेलु तथा अन्तराष्ट्रि«य स्तरमा भएका युद्ध ।
–  वर्गीय, जातिय, लैङ्गिकशोषण र
–  सामाजिक समानता र सामाजिक न्यायमा कमी आदि ।

४. लक्षण
– अत्यधिक चिन्ता ।
–  चिडचिडापन ।
–  निद्रामा गडबडी ।
– मांसपेशीमा तनाव महसुस हुनु ।
–  थकान ।
– अस्थिर विचारहरूको प्रवाह ।
– ध्यान केन्द्रितगर्न कठिनाइ हुनु ।

५. चिन्ता सामना गर्ने उपाय
– संज्ञानात्मक–व्यवहार थेरापी र एक्सपोजर थेरापी चिन्ता व्यवस्थापनका लागि मनोचिकित्साको प्रभावकारी तरिका हुन् ।
– यी थेरापीले व्यक्तिलाई नकारात्मक सोचका ढाँचा पहिचान गरी तिनलाई सामना गर्न र बिस्तारै डरको प्रभाव कम गर्न मद्दत गर्दछ । केही अवस्थामा चिन्ताका लक्षणहरू कम गर्न औषधिसमेत सेवन गर्न सकिन्छ । तर, तिनीहरूको प्रयोग चिकित्सकको निगरानीमा नै गर्नुपर्छ ।
– क्याफिन र अल्कोहलको सीमित सेवन गर्नु पनिचिन्ता नियन्त्रण गर्ने जीवनशैली परिमार्जनका तरिका हुन् ।
–  तनाव व्यवस्थापन गर्ने, व्यक्तिका लागि बलियो खाले समर्थन प्रणालीको निर्माण गर्नु आवश्यक हुन्छ । यसमा साथीभाइ, परिवार वा यस्तैखालको समूहसँग सरोकारका विषय बाँड्नाले आत्मबल, सान्त्वना र उपयुक्त दिशानिर्देश प्रदान गर्न सक्छ ।
– चिन्ता एक जटिल र डरलाग्दो मानसिक स्वास्थ्य अवस्था हो जसको प्रभावकारी व्यवस्थापन अत्यन्तै जरुरी हुन्छ । विभिन्न कारण, लक्षण र व्यवस्थापनका तरिका पहिचान गरेर हामीले आफ्नो मानसिक स्वास्थ्य सुधार गर्न सक्रिय कदम चाल्न सक्छौँ । व्यवस्थापनका तरिका छनोट गर्दा भने प्राकृतिक तरिकाको अवलम्बन गर्नाले दीर्घकालीन रूपमै यसका असरहरू हटाउन मद्दत गर्छ ।

६. योग र ध्यानबाट चिन्तामुक्त हुन सक्छ
मनलाई शान्त र स्थिर राख्नका लागि ध्यान गरिन्छ । ध्यान गर्दा मानिसले आरामदायी महसुस गर्छन् । यसले उनीहरूमा आत्मजागरण र आध्यात्मिक सोच वृद्धि गर्छ । कुनै शान्त स्थान छानेर आरामदायी रूपमा बस्ने र गहिरो सास लिँदै आफ्नो श्वास–प्रश्वासमा ध्यान केन्द्रित गर्नुपर्छ । भर्खरै ध्यान गर्न सुरु गर्नुभएको छ भने पाँचदेखि १० मिनेट मात्रै यसरी एकाग्र भएर बस्दा पनि आराम महसुस गर्नुहुन्छ र फरकपन पाउनुहुन्छ । त्यसपछि बिस्तारै ध्यानको अवधि बढाउँदै लानुपर्छ । नियमित ध्यान गर्नुका धेरै फाइदा छन् । नियमित ध्यान गर्नाले तनाव हट्छ, भय कम भएर जान्छ, आत्मजागरण बढ्छ, स्मरण शक्ति तेज हुन्छ, दयाको भाव पलाउँछ र निद्रा पनि राम्रो लाग्छ ।

७. निष्कर्ष
वर्तमान प्रतिष्पर्धाको जमानामा आफ्नो लक्ष पूरा नभएको अवस्थामा मानिस चिन्ताग्रस्त हुन्छ । हाम्रो नेपाली समाजमा पनि मानिसमा चिन्ताको अवस्था बढ्दै गएको पाइन्छ । वास्तवमा चिन्ता एक सामान्य मानविय भावना हो जसलाई असहजता वा डरको भावनाले समेत चित्रण गरिन्छ । अधिक तृष्णा नै चिन्ताको स्रोत हो । यसले मानिसमा उत्पन्न हुने तनावको प्राकृतिक प्रतिक्रियाको रूपमा कार्य गर्छ र यस्ता चुनौतीसँग लड्न उत्प्रेरक कारक बन्न सक्छ । आणुवांशिक अवस्था, मस्तिष्क रसायन र न्युरो ट्रान्समिटरहरूमा असन्तुलनले चिन्ताको विकासमा महत्वपूर्ण भूमिका खेल्छ । व्यायाम, ध्यान र उचित निद्रा, असल आचरणजस्ता तनाव कम गर्ने प्राकृतिक विधिबाट चिन्ताको असरलाई कमगर्न सकिन्छ । चिन्ता मानिसकै मनबाट उब्जने भएकोले मनलाई स्वःनियन्त्रण गरेर चिन्ता हटाउन सकिन्छ ।

मानिस जति धेरै धनि हुँदै गयो त्यत्ति नै चिन्ताको स्तर पनि बढोत्तरी भएको पाइन्छ । भौतिक सुख सुविधा पर्याप्त हुँदैमा चिन्ता कम गर्न सकिदैन । चिन्ताको सही व्यवस्थापन गर्न त स्वयं व्यक्ति नै मानसिक रुपमा तयार हुनुपर्छ । भौतिक संसारमा सुख, शान्ति र आनन्द बाहिरी संसारमा खोजेर कदापी पाइदैन् यसको लागि आफ्नै मन भित्र फर्कनु पर्छ । योग, ध्यान र प्रकृतिसँगको प्रेमले आन्तरिक शान्तिलाई बलियो बनाउँछ र प्रकृतिको रहस्यवा सृष्टिको केन्द्रसँग जडानको भावना प्रदान गर्दछ । आध्यात्मिकताले दैनिक जीवनको तनावलाई कमगर्न सक्छ । दैनिक योग र ध्यान गर्नाले दिमाग र शरीर दुवैलाई फाइदा पुर्याउन सक्छ । अहिले जलवायुजन्य परिवर्तको समाजमा परेको नकारात्मक प्रभावले जीवन, जगत, जनजीविका, जैविक विविधता, जन सम्बन्ध, जलवायु परिवर्तनजन्य जोखिम, जटिल प्राकृतिक विपद्, जीवाणुजन्य महामारी रोग आदिको संक्रमणले नागरिकहरुमा असुरक्षा महसुस भएको छ । जलवायुजन्य जोखिम न्युनिकरण गर्न, समुदाय, स्थानीय, प्रदेश, संघीय सरकार, अन्तर्राष्ट्रिय समुदाय, तित्तीय संस्थाहरु, संयुक्त राष्ट्रसंघ र बहुराष्ट्रिय निगम आदि सबैले प्राथमिकताका साथ मिलेर काम गर्नु पर्ने आवश्यक्ता महसुस भएको छ ।

२०८१, पौष ५

वि.सं.२०८१ पुस ५ शुक्रवार १०:१० मा प्रकाशित

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...