back
CTIZAN AD

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबीच सम्झौता

वि.सं.२०८१ पुस ८ सोमवार

840 

shares

काठमाडौं । नेपाल बैंक र काठमाडौंको माछापोखरीमाअवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुलाई काठमाडौं डेन्टल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

आइतवार भएको उक्त सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई २५ प्रतिशतले छुट पाउने बैंकले जनाएको छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुखकार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धितउच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्ने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०८१ पुस ८ सोमवार १५:३० मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...