back
CTIZAN AD

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव सुरु

वि.सं.२०८१ पुस ९ मंगलवार

669 

shares

काठमाडौँ । आजदेखि पोखरामा ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरू भएको छ । पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा महोत्सव सुरू भएको हो ।
नेपालमै पहिलोपटक आयोजना गरिएको महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, कोरिया, इटाली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, बेल्जियमलगायत देशका हट एयर पाइलटहरूको सहभागिता रहेको आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए ।

बिवाइडीको मुख्य प्रायोजनमा हुने नौदिने महोत्सवमा दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १७ वटा हट एयर बेलुन उड्ने छन् । क्रिसमससँगै अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर ९ देखि १७ पुस अर्थात् २४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५ सम्म हुन लागेको महोत्सवको स्थानीय संयोजन फेवा क्लबले गरेको छ । पोखरा– २३ र २४ मा पर्ने फेवा फाँटअन्तर्गतको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा उडान हुनेछ ।

 

वि.सं.२०८१ पुस ९ मंगलवार १२:०९ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...