back
CTIZAN AD

स्याङ्जामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना गम्भीर

वि.सं.२०८१ पुस १० बुधवार

675 

shares

स्याङ्जा । स्याङ्जामा मंगलबार राति करिब ८ बजे ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका वडा नं.११ का २२ बर्षीय सब्दुल अन्सारी छन् ।

ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका उनको कालीगण्डकी अस्पताल मिर्मीमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

सोही दुर्घटनामा घाइते भएका बारा कलैया उपमहानगरपालिका वडा नं. १० का २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिका वडा नं.११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी घाइते भएका छन् ।

उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.३ आलमस्थित बिर्घा–मिर्मी पक्की भित्री सडकखण्डमा आलमबाट बिर्घातर्फ जाँदै गरेको लु४त ७८३१ नम्बरको डसना बनाउने मेसिन जोडेको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो । ट्याक्टर सडकदेखि करिब ४० मिटर तल खसेको छ ।

वि.सं.२०८१ पुस १० बुधवार १०:४१ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...