back
CTIZAN AD

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम

वि.सं.२०८१ पुस ११ बिहीवार

702 

shares

काठमाडौँ । नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरेका छन् ।

बौद्धस्थित ह्यात चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रम उनले ‘उकाली ओराली गर्दै’ गीत गुनगुनाउँदै प्रस्तुतीको आरम्भ गरे । उनकोे पर्खाइमा रहेका दर्शकलाई नेपाली गीत सुन्दा आफ्नोपनको आभास भयो ।

भारतबाटै आएका आफ्नो २१ जना साङ्गीतिक समूहसँग गायक निगमले झन्डै साढे दुई घण्टा प्रस्तुति दिए । उनले आफू नेपाली गीत गाइरहेता पनि यसरी साक्षात्कार गर्ने मौका भने पहिलोपटक पाएको स्टेजबाटै बताए । उनले नेपाली दर्शकले दिएको माया र साथको बेलाबेलामा प्रसंशा गरिहे । “नेपाली सत्कारको लागि मात्र सुरका पनि धनी छन् । यहाँ मलाई गाएर साथ दिने स्वरहरू सुरिला सुनिएका छन् । यस्ता दर्शक देख्दा मलाई उर्जा प्राप्त हुन्छ । म निकै खुसी छु, यहाँ आएँ र गाईरहेको छु”, गायक निगमले भने।

बाल्यकालदेखि नै व्यावसायिक रुपमा गायन यात्रा थाल्नु भएका निगमले आफूले स्टेजमा गाउँन थालेको ‘४७ वर्ष’ पुगेको बताए । “यो वर्ष मैले गाएको ४७ औँ वर्ष हो । यसकारण पनि नेपाल आउँदा म निकै खुसी छु । नेपाली गीतमार्फत तपाईहरू (नेपाली) सँग साक्षात्कार भएको थियो, अहिले यस्तो भव्य रुपमा प्रस्तुती दिन पाएँ”, गायक निगमले भने ।

उनी गीत गाउँदागाउँदै बेलाबेलामा दर्शकलाई आफ्नो कुरा भन्ने गर्नुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा विशेष दखल भएका गायक निगमलाई सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ मा समावेश गीत ‘सन्देशे आती है’ ले पाश्र्वगायनमा स्थापित गरेको थियो । त्यसपछि उनको साङ्गीतिक यात्राले समातेको लय अहिलेसम्म कायम छ ।

यसैवर्ष गत तिहारमा प्रदर्शन भएको ‘भूल भुलैया ३’ मा उनले स्वर दिउ ‘मेरे ढोलना सुन’ बोलको गीत अहिले गीतसङ्गीत प्रेमी माँझ लोकप्रिय छ । यसकारण पनि गायक निगम अघिल्लो मात्र नभई नयाँ पुस्ता माँझ पनि परिचित गायक छन् । उनीँलाई नेपाल ल्याउनु कारण नै यही रहेको आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले बताए ।

‘सुरज हुवा मधम’, ‘सोनियो ओ सोनियो’, ‘कहानी’ लगायतका गीतमा दर्शकले दिएको साथले उनलाई उर्जाशील बनायो । ‘मेरो सुन्ने गीतमै तपाइँहरूले गाएर र नाचेर साथ दिए । अब म तपाइँलाई नचाउँन आफ्ना डान्सिङ गीत प्रस्तुत गर्नेछु । म यसको लागि नै माहिर छु, जस्तो लाग्छ । आउनुस्, मस्ती गरौँ’ यति भनेपछि गायक निगमले आफ्ना ‘फास्ट नम्बर’ भनिने नृत्य गर्ने गीतहरू प्रस्तुत गरे ।

उनले ‘दिल मागता है दिलदार सोनिए’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’ जस्ता गीत गाउँदा कार्यक्रम हेर्न पुगेका सबै समूहका दर्शक नाच्न बाध्य भएका थिए । विशेषत सन् १९९० देखि २०२४ सम्मका गीतलाई मिश्रण गरेर गाउँदा दुवै उमेर समूहका दर्शकले ‘इञ्जोय’ गरे । गायक निगमले नेपालको बारेमा आफूले बाहिर कार्यक्रम गर्दा धेरै सुनेको बताए । “उनी (सोनु निगम) ले धेरै नेपाली गीत गाएका छन् । तर, नेपालमा यस्तो कन्सर्ट भएको रहनेछ । सोही कारण हामीले उनीलाई क्रिसमसमा नेपाली माँझ प्रस्तुत गरेका हौँ । हामीले अपेक्षा गरे झैँ उहाँलाई प्रत्यक्ष सुन्न सबै वर्ग र उमेरसमूहका दर्शक आए । यो कमै गायकले गर्न सक्छन् । उनीलाई प्रत्यक्ष सुन्नुको अनुभव बेग्लै रह्यो”, निर्देशक घिमिरेले बताए ।

गायक निगमलाई प्रत्यक्ष सुन्न गायक प्रमोद खरेल पनि ह्यात चौर पुगेका थिए । गायक निगमको गायकी प्रशंशकसँगै सङ्गीत प्रेमी माँझ पनि लोकप्रिय छ । उनले स्टेजमा गाउने गीतमा समेत सुर र ताल मिलेको प्रतिक्रिया आउने गरेको छ । साथै, गायक निगमले आफ्नै गीतलाई भिन्न तरिकाले प्रस्तुत गर्छन् ।

कार्यक्रमको उत्तरार्धमा उनले आफ्ना सदाबहार गीतहरू ‘कल होना हो’ गाए । यो गीतलाई उनले आफ्नो जीवनकै महत्वपूर्ण गीत भन्छन् । “म कुनै दिन यो धर्तीमा रहिन् भन्ने खबर तपाइँ माँझ आइपुग्यो भने सँगै स्मरण हुने गीत हो, ‘कल होना हो’ । यो गीतको शब्द र सङ्गीतको म आफैँ पनि प्रसंशक हुँ । यस्ता गीतमा मेरो स्वर हुनु मेरो लागि जीवनकै ठूलो उपलब्धी हो”, गायक निगमले भन्ने गरेका छन् ।

ह्यात चौरमा दर्शकबाट छुटिने समयमा गायक निगमले ‘अभि मुझ्मे कही’, ‘सन्देशे आते है’, ‘पापा मेरी जान’ गराए । यी गीतसँगै गायक निगमलाई स्टेजबाट विदाई गर्न दर्शक तयार भए । उहाँले जादा जाँदै भन्नुभयो,“यहाँ आउन ढिलाई भयो तर यो सत्कारले अब मलाई पुनः छिटै यहाँ ल्याउने छ । हामी कलाकारलाई पनि माया गर्ने प्रसंशक चाहिन्छ, त्यो न्यानोपन यहाँ काठमाडौँ नेपालमा पाएँ । म धन्य छु, कृतज्ञ छु ।”

आयोजकमध्येका एक राजकुमार गोश्वामीले अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा कार्यक्रम गरिएको जानकारी दिदै आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने बताए । उहाँका अनुसार आज गायक निगमले काठमाडौँ घुमघाम गरेर बेलुकी स्वदेश भारत फर्किनु हुनेछ ।

 

वि.सं.२०८१ पुस ११ बिहीवार १९:१२ मा प्रकाशित

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्ले २० वटै वाणिज्य बैकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

एकै कार्यक्रममा ६१ प्रगतिशील स्रष्टाहरु सम्मानित

काठमाडौँ । जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील साहित्य, कला र सङ्गीतका...