back
CTIZAN AD

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल बैङ्कको ५१ सदस्यीय केन्द्रीय समिति गठन

वि.सं.२०८१ पुस १४ आइतवार

1.3K 

shares

काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल बैङ्क लिमिटेडको अध्यक्षमा गोविन्दप्रसाद सुवेदी चयन भएका छन् । शनिवार सम्पन्न बैङ्कको चौथो केन्द्रीय महाधिवेशनले सुवेदी अध्यक्ष रहने गरी ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा केशव सुवेदी, उपाध्यक्षहरूमा भुवनेश यादव, कृष्ण गौतम, राजीव पोखरेल, रजनी शर्मा, महासचिवमा मोहन कुमार श्रेष्ठ, उपमहा–सचिवमा ध्रुव प्रसाद दाहाल, सचिवहरूमा सविन शर्मा न्युरे, उज्ज्वल पोखरेल, कृष्ण प्रसाद पौडेल, टोखाहाङ राई, सरिता पङ्गेनी, कोषाध्यक्षमा नरेश कुमार जोशी, सह–कोषाध्यक्षमा वनिता गिरी चयन भएका हुन् ।

यस्तै केन्द्रीय सदस्यहरू गणेश विक, मुकेशलाल कर्ण, नारायणराज श्रेष्ठ, भोगेन्द्र कुमार सिंह, साधना सुवेदी, विनीता बस्नेत, दिनेश खड्का, गोकर्ण खड्का, मुररी कोइराला, जीवन कुमार न्यौपाने, सुमन नेपाल, हिमकला खड्का, निरुता घिमिरे, गणेश शर्मा, कमलेशकुमार यादव, रोहीनीप्रसाद आचार्य, लालबाबु कलवार, सुरज श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजु अर्याल, कमल सन्न्यासी, निलय यादव, उमेश बुढामगर, सरस्वती महत अशोक शाह, निर्मला अधिकारी, अच्युतराज प्याकुरेल, सन्तोष बास्तोला, विक्रम केसी, विश्व थापा, नवीन प्रकाश ओली, नीरजराज घर्ति, केशव आचार्य, बाबुराम रेग्मी चयन भएका छन् ।

अधिवेशनले आठ सदस्यीय पदेन केन्द्रीय सदस्यहरू पनि चयन गरेको छ । जसमा रविन पौडेल, शिव श्रेष्ठ, नवल किशोर प्रसाद, एलेक्स श्रेष्ठ, रामचन्द्र सुवेदी, भरत पौडेल, रूपकराज शर्मा, अशोक प्रसाद जैसी लगायत रहेका छन् ।

अर्थतन्त्र सुधार्न राष्ट्रिय कर्मचारी सङ्गठनको खाँचो : हरिबोल गजुरेल

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले देशको समग्र अर्थतन्त्र सुधार्नका लागि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको आवश्यकता रहेको बताएका छन् । शनिवार सम्पन्न सङ्गठनको चौँथाे अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले वित्तीय क्षेत्रको समृद्धिका लागि राष्ट्रिय कर्मचारी सङ्गठनले आवाज उठाइरहेको बताएका छन् ।

‘सम्पूर्ण क्रान्तिकारी र देशभक्त कर्मचारीहरूलाई म यो आह्वान गर्दछु कि बैङ्क र कर्मचारीको हितका लागि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनमा आबद्ध हुनुहोस् ।’ उनले भने, ‘सुशासन र समृद्धिको सवालमा क्रान्तिकारीहरू जस्तो अरू इमानदार हुँदैनन् । तसर्थ संस्था बनाउनका लागि लगातार खट्नेहरूसँग सम्पर्क बढाउनुहोस् ।’

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठ, नेपाल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका महासचिव प्रेम खनाल लगायतले नेपाल बैङ्कलाई देशको नमुना बैङ्कका रूपमा विकास गर्न यो सङ्गठनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताएका छन् ।

नेपाल बैङ्क भित्र परिवर्तन ल्याउनु आवश्यक : गोविन्द सुवेदी

राष्ट्रिय कर्मचारी सङ्गठनको केन्द्रीय अध्यक्षमा निर्वाचन पश्चात् गोविन्द प्रसाद सुवेदीले सङ्गठनले नेपाल बैङ्क भित्र देखिएको खराब प्रवृत्ति विरुद्ध निरन्तर खबरदारी गर्ने बताएका छन् । ‘कर्मचारी सङ्गठनको नेतृत्व गरिरहँदा व्यवस्थापकलाई खबरदारी गर्नु हाम्रो कर्तव्य हो’, उनले भने, ‘व्यवस्थापनले गरेका गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौँ ।’

अध्यक्ष सुवेदीले आफूहरुले सङ्गठन वाच डगका रूपमा बसेर काम गरिरहेको भन्दै गलत गर्नेहरू फोरममा आउन डराएको आरोप लगाए । उनले सही काम गरे सबैको प्रशंसा गर्ने समेत बताए । ‘नेपाल बैङ्क भित्र विभिन्न समस्या छन् । प्रतिस्पर्धी बजारमा सेवा सुविधाका हिसाबले समेत तल परिसकेका छौँ । दरबन्दीका हिसाबले प्रतिस्पर्धी बैङ्कहरू भन्दा धेरै तल छौँ । वृद्धि विकासका हिसाबले एउटै तहमा बाह्राैँ वर्षमा बस्नुपर्ने अवस्था छ ।

।’, सुवेदीले प्रश्न गर्दै भने, ‘समस्याको समाधान गर्न नसक्ने व्यवस्थापक हुन्छ ? हामी काम चोरका रूपमा प्रस्तुत हुँदैनौ । दश देखि पाँच सम्म काममा खट्छौँ । सुशासन, कर्मचारी, व्यक्तिगत आचारणाका सन्दर्भमा हामी सही भयौ भने संस्था राम्रो बन्छ । हामी संस्था बनाउन खबरदारी छौँ ।

उनले सङ्गठनले बैङ्क भित्र उठाएका एजेन्डा, खबरदारी, राम्रा काम र आफ्ना अर्थमन्त्री हुँदा गरेका कामहरूले नेपाल बैङ्क भित्रको सशक्त सङ्गठनका रूपमा स्थापित भएको दाबी गरे । उनले आउने दिनमा गलत कदम विरुद्ध सशक्त खबरदारी गर्ने भन्दै बैङ्कका विभिन्न खाले कर्मचारीमाथि हुने गरेको विभेद चिर्न आँधीवेहेरीको नेतृत्व गर्न आफू तयार रहेको बताए ।

‘संस्था प्रथम हो हामीले भनेका छौँ । संस्था बन्धक बनाउन हामी चाहँदैनौ । बैङ्कको व्यवस्थापनबाट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनलाई हेप्ने काम भएको छ ।’, सुवेदीले थपे, ‘ अबको दिनमा हेप्ने हिम्मत कसैले गर्छ भने त्यो हिम्मतलाई हामी देखाइदिन्छौँ । सङ्गठनका साथीहरू तपाइहरू त्यसका लागि तयार भएर बस्नुहोला । संस्था बनाउन व्यवस्थापनले हातेमालो गर्न खोज्छ भने हामी तयार छौँ । तर, हामी सँग च्यालेन्ज गर्न खोजिन्छ भने हामी हातमा दही जमाएर बस्ने वाला छैनौँ ।’

उनले ६२/६३ को जनआन्दोलनले देशमा राजनीतिक परिवर्तन गरेजस्तै नेपाल बैङ्क भित्र पनि एउटा परिवर्तनको आवश्यकता रहेको बताए । सुवेदीले बिचमा अवस्था केसी सुध्रे जस्तो भए पनि फेरी तानासाहीको गन्ध आइरहेकाले यस्तो प्रतिवाद गर्न आफूहरू तैयार भएको दाबी गरे ।

 

वि.सं.२०८१ पुस १४ आइतवार १७:२६ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...