काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
वि.सं.२०८१ पुस १९ शुक्रवार ११:४८ मा प्रकाशित




























