काठमाडौँ । पूर्व आइजिपी सर्वेन्द्र खनालद्वारा एमाले परित्याग गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै खनालले एमाले परित्याग गरेको जानकारी दिएका छन् ।
‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन ।’ उनले स्ट्याटसमा लेखेका छन्, ‘म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु ।’
खनाल ०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । त्यति बेला खनाल रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए । त्यसपछि उपनिर्वाचनमा पनि खनाललाई एमालेले तनहुँको टिकट दिएको थियो । तर त्यहाँ पनि उनी पराजित भए ।
वि.सं.२०८१ पुस २१ आइतवार ११:३२ मा प्रकाशित




























