back
CTIZAN AD

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

वि.सं.२०८१ पुस २५ बिहीवार

1.3K 

shares

काठमाडौँ । नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्ब कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ ।

निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्र ‘गुरुआमा’ छिट्टै दर्शकहरूमाझ ल्याउने तयारी भइरहेको बताए । उनका अनुसार चलचित्रले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई उजागर गरी समाजलाई प्रेरणा दिने छ ।

‘चलचित्रले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय छर्लङ्ग देखाएको छ’ सुनारले भने, ‘आशा छ यो चलचित्र हेरिसकेपछि सन्तानको सुन्दर भविष्य निर्माणमा र सन्तानलाई गलत प्रवृत्तिबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

वि.सं.२०८१ पुस २५ बिहीवार १२:०२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...