back
CTIZAN AD

पौवादुङमा गोल्ड कप : आयातित खानेकुरा बेचबिखनमा रोक

वि.सं.२०८१ माघ ३ बिहीवार

621 

shares

भोजपुर । दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादन कोदो, मकै, गहुँ फापर, भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र बिक्री वितरणको लागि खुला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निषेध गरेर स्थानीयस्तरमा पाइने मही, दही, एभोकाडोको जुस, सुन्तलाको जुस मात्र बिक्री वितरण भइरहेको छ ।

प्रतियोगिता तथा माघी मेलामा पत्रु खाना (जङफुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकाले पत्रुखानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकाले यस्ता खालका खानाको बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ ।

“प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ”, उनले भने,“हामीले स्थानीयस्तरमा पाइने खानेकुरालाई मात्र बिक्री वितरणका लागि अनुमति दिएका छौं । यसले स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुग्ने छ ।” स्थानीय उत्पादनको प्रवद्र्धन विकास र बजारीकरण गर्ने लक्ष्यले विगतका वर्षबाट नै बृहत् माघी मेलासँगै पौवादुङमा गोल्ड सञ्चालन भइरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने लक्ष्यले बृहत् माघी मेलासँगै गोल्ड कपको आयोजना गरिएको उनको भनाइ छ । “हामीले यहाँका स्थानीय उत्पादनको विकास तथा प्रवर्द्धनमा जोड दिन आवश्यक छ”, अध्यक्ष राईले भने, “मेला महोत्सवमा बाह्य वस्तुले बढी महत्व पाउँदा स्थानीय उत्पादन ओझेलमा परेका धेरै उदाहरण छन् । हामीले भने महोत्सवमा आयातित खानेकुराको बेचबिखनमा रोक लगाएका छौँ ।”

गोल्डकप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघी मेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताए । साथै उनले निर्माणाधीन रङ्गशालालाई पूर्णता दिन बजेट व्यावस्थापनमा पहल गर्ने बताए । सङ्घीयता कार्यान्वयनपश्चात् विकासले गति लिएको उनको भनाइ छ ।

पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री राईलाई सम्मान गरेको छ । गाउँपालिकाको विकासमा टेवा पु¥याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै गोल्ड कप तथा माघी मेला सञ्चालनमा आर्थिक सहयोग गर्ने श्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उनले प्रतियोगिता सञ्चालनको लागि रु एक लाख सहयोग गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हने टिमले नगद रु दुई लाख मेडल र प्रमाणपत्र पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । मेला र प्रतियोगिता यही माघ १० गतेसम्म सञ्चालन हुनेछ ।रासस

 

वि.सं.२०८१ माघ ३ बिहीवार ०८:२५ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...