back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ माघ ५ शनिवार

3.2K 

shares

निर्मलरमण पराजुली,सामाखुशी, काठमाण्डौ

१.
सृष्टकै अमुल्य उपहार, जीवन साकार बनाएर छोड्छु
सबले चाहा गरुन् यसरी, हरेकको पुकार बनाएर छोड्छु
चाहे जति माझिनु अनि, खारिनु परे पनि धैर्य गर्दै
जीवनलाई सबैले पुज्न , सुन्दर आकार बनाएर छोड्छु

२.
यसरी मलाई बाडुली लाग्यो, आमाले सुर्ता मानिन होला
शहरमा आज बिरामी परे, आमाले के के ठानिन होला
मेरो शरीरमा बिमार लाग्दा, आमाको छाती चर्किन्छ अरे
मलाई यता दुखेको पीडा, आमाले कसरी जानिन होला

३.
कालो रात हट्न जसरी, त्यो उज्यालो रवि चाहिन्छ
विचारको शक्तिले संसार, बदल्न त्यस्तो कवि चाहिन्छ
छन् समाजमा धेरै छन, कुरिति कुसंस्कार कुविचारहरू
बदल्नु छ यो समाज भने, मान्छेमा स्वच्छ छवि चाहिन्छ

४.
फर्कि आईज भन्दै मलाई आफ्नै, देशको माटोले बोलायो
छोरो सम्झि आमाले पकाएको, ढिंडो आँटोले बोलायो
बाँझो उजाड खेत बारीभरि, झार पात उम्रियो अरे
खनजोत गर्न आईज भन्दै त्यहि, बारीको पाटोले बोलायो

५.
तिम्रो कुरा खास लाग्छ, मलाई जुनेली रातमा
जब शीत मोतीझै टल्कन्छ, बिहानी पख पातमा
हिलोमा कमल फुल्छ, थाहा छ ? छैन भने सुन
म माया गर्छु तिमीलाई, के राखेको छ र जातमा

वि.सं.२०८१ माघ ५ शनिवार ०५:१५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...