back
CTIZAN AD

कविता: मान्छे

वि.सं.२०८१ माघ ५ शनिवार

2.1K 

shares

के.पी.पौडेल (जस्ताघरे), बट्टार, नुवाकोट

जिल्ला केन्द्र प्रदेश गाउँ धुर खा, थुम्का कुटी धाम खा।
टारी खेत गरा गढी बगल खा, सारा बगैँचा तँ खा।।
बेँसी लेक कुना पहाड थल खा, पाखा तराई ल खा।
खा खा खा सब खा लुटेर अझ खा, चोचो मिलाएर खा।।–१

सारा दुर्गम भूमि खा नगर खा, पाटी र पौवा तँ खा।
चौतारा मठ पोखरी बगर खा, खोला नदी ताल खा।।
अड्डा जेल सभा अदालत सबै,नाका र भन्सार खा।
खा खा खा सब खा मिलेर अझ खा, चोसो मिलाएर खा।।–२

शिक्षा क्षेत्र र अस्पताल पनि खा, ठेक्का र हिस्सा तँ खा।
जिल्लादेखि विभागका सदनका, सारा निकासा तँ खा।।
टुप्पोदेखि पुछारसम्म सब खा, हाँगा जरा पात खा।
खा खा खा अब खा दुखी श्रमिक खा, मेसो मिलाएर खा।।–३

आफ्ना मानिस उच्च मान पदमा, राखेर टन्नै ल खा।
आँखा चिम्म गरेर खा नकचरो, ए हन्तकाली तँ खा।।
चर्का काण्ड रचेर यो मुलुक खा, भन्डार सारा ल खा।
खा खा खा सुन काण्ड राज्य धन खा, बार्ता मिलाएर खा।।–४

सारा कोष विकास ऋण पनि खा, आयोजना खर्च खा।
आएका अनुदानका रकम खा, सत्ता र भत्ता तँ खा।।
निर्धाका पसिना समग्र श्रम खा, सेवा र पट्टा ल खा।
खा खा खा सब खा लुटेर अझ खा, ए बाह्रमासे तँ खा।।–५

दिन्छन् भोट चुनावमा सुजनले, मन्त्री पजेरो तँ खा।
जग्गा काण्ड दलाल मञ्चन गरी, उम्दा घडेरी तँ खा।।
जाली दुस्मन भ्रष्टबाट घुस खा, मौका मिलाएर खा।
खा खा खा अब यो पवित्र जग खा, यो देश नेपाल खा।।–६

समस्याः खा खा खा सब खा

छन्द – शार्दूलविक्रीडित
गण – म स ज स त त गु

सङ्केत – SSS  IIS  ISI  IIS  SSI  SSI  S

वि.सं.२०८१ माघ ५ शनिवार ०५:१७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...