back
CTIZAN AD

कविता : बा कडा छन्

वि.सं.२०८१ माघ ५ शनिवार

1.2K 

shares

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

बिहानै उठी बा सधैँ पाठ गर्छन्
बजी शङ्ख घण्टा सुधा सौख्य भर्छन्
छ फुर्ती मजाको सबै उठ्नथाले
जगाए सुतेकाहरूनिम्ति बाले ।।१

खरा छन् अझै बा कडा छन् कुरा ती
सधैँ घाँस काट्छन् समातेर आँसी
स्वयंले बुनेको छ नाम्लो र डोको
श्रमी बन्नखोज्ने सधैँ हुन्छ धोको ।।२

दही साथ च्याँख्ला उता साग रायो
मिलाएर खान्छन् मजाले चपायो
नपच्ने कुरा के छ कामै छ प्यारो
सधैँ खट्नसक्छन् उज्यालो अँध्यारो ।।३

भए पुत्र पाका बुढा छन् जवानी
थियो शुद्ध खाना पिए मूलपानी
बगी स्वेद जान्थ्यो अनेकौँ विकार
नथाक्ने थिए ती गरी काम भार ।।४

हुने नाति कस्तो झनै खुल्दुली भो
बिसैलो छ खान्की त्यसै ऊ लुलो भो
विषादीबिनाको कहाँ खोज्नु खान
छ गाह्रो अचाक्ली घट्यो आयु जान ।।५

छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत – lSS lSS lSS lSS

वि.सं.२०८१ माघ ५ शनिवार ०५:१९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...