back

कविता : बा कडा छन्

वि.सं.२०८१ माघ ५ शनिवार

459 

shares
GLOBAL IME AD
NTC AD

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

बिहानै उठी बा सधैँ पाठ गर्छन्
बजी शङ्ख घण्टा सुधा सौख्य भर्छन्
छ फुर्ती मजाको सबै उठ्नथाले
जगाए सुतेकाहरूनिम्ति बाले ।।१

खरा छन् अझै बा कडा छन् कुरा ती
सधैँ घाँस काट्छन् समातेर आँसी
स्वयंले बुनेको छ नाम्लो र डोको
श्रमी बन्नखोज्ने सधैँ हुन्छ धोको ।।२

दही साथ च्याँख्ला उता साग रायो
मिलाएर खान्छन् मजाले चपायो
नपच्ने कुरा के छ कामै छ प्यारो
सधैँ खट्नसक्छन् उज्यालो अँध्यारो ।।३

भए पुत्र पाका बुढा छन् जवानी
थियो शुद्ध खाना पिए मूलपानी
बगी स्वेद जान्थ्यो अनेकौँ विकार
नथाक्ने थिए ती गरी काम भार ।।४

हुने नाति कस्तो झनै खुल्दुली भो
बिसैलो छ खान्की त्यसै ऊ लुलो भो
विषादीबिनाको कहाँ खोज्नु खान
छ गाह्रो अचाक्ली घट्यो आयु जान ।।५

छन्द – भुजङ्गप्रयात
गण – य य य य
सङ्केत – lSS lSS lSS lSS

वि.सं.२०८१ माघ ५ शनिवार ०५:१९ मा प्रकाशित

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्को ७३ औँ छन्दसङ्गम कार्यक्रम सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कार्यक्रमअन्तर्गत ७३औँ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर हामी जहाँ भए पनि संसार छैन...

गजल

गजल

अरुण खड्का, किर्तिपुर, काठमाडौं छछल्केर प्यासी नयनभित्र तिम्रो डुबेको छु...

कविता : वृद्ध -गाथा

कविता : वृद्ध -गाथा

राम शरण न्यौपाने,भक्तपुर झुल्केघामसँगै हिमाल चुचुरा हाँस्छन् जसै सुन्दर ऊर्जा...

कविता : नारी जागौँ

कविता : नारी जागौँ

कल्पना अधिकारी,टोखा काठमाडौं नारी बने शिक्षित सभ्य पात्र । बन्दैन...

गजल

गजल

उत्तम विचार,नुवाकोट छ रात हाजिर भएर कालो तिमीबिना हुन्न है...