back
CTIZAN AD

छजना पत्रकारलाई रोटरी पुरस्कार प्रदान

वि.सं.२०७४ जेठ १४ आइतवार

891 

shares

१४ जेठ, काठमाडौँ  । ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट–३२९२’ ले आज विभिन्न विधाका छ पत्रकारलाई ‘रोटरी जोर्नाे अवार्ड–२०१७’ प्रदान गरेको छ ।

पुरस्कृत पत्रकारहरुमा रोश्ना सुब्बा (शिक्षा), पदमराज जोशी (स्वास्थ्य), सरोज कोइराला (वातावरण), सुजित महत (आर्थिक), प्रतिमा सिलवाल (महिला) र भूषण यादव (मूलधार माध्यम) हुनुहुन्छ ।

पुरस्कारको राशि जनही रु २५ हजार छ । रोटरी नेपालका डिस्ट्रिक्ट गभर्नर राज्यलक्ष्मी शाह र नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सो पुरस्कार हस्तान्तरण गर्नुभयो । विगत छ वर्षदेखि हरेक वर्ष यो पुरस्कार दिइँदै आएको छ ।

अध्यक्ष विष्टले पत्रकारितामा कार्यरतलाई प्रोत्साहन गर्ने रोटरीको सो कार्य सराहनीय भएको भन्दै निरन्तरताको कामना गर्नुभयो । गभर्नर शाहले सामाजिक भावनाबाट आफूहरुले समुदायमा एक दशकअघिदेखि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस इन्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले रोटरीले गरेका सामाजिक कामबारे बेलाबेलामा पत्रकारिताले पनि आँखा लगाएर उचित स्थान दिनुपर्ने बताउनुभयो ।

पत्रकारिताका विज्ञ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवम् अन्य सञ्चार संस्थाका प्रतिनिधि सम्मिलित छनोट समितिको बैठकले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

विभिन्न विधागत पत्रकारिताका संस्था, शिक्षा पत्रकार समूह, नेपाल स्वास्थ्य पत्रकार समूह, नेपाल वातावरण पत्रकार समूह, नेपाल आर्थिक पत्रकार समाज र सञ्चारिका समूहले प्रत्येक विधाका लागि सिफारिस गरेका तीन÷तीन पत्रकारमध्येबाट उहाँहरु छानिनुभएको रोटरीका जनसम्पर्क समितिका संयोजक महेश्वरभक्त श्रेष्ठले जानकारी दिनुभयो । रासस

वि.सं.२०७४ जेठ १४ आइतवार १५:१८ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...