back
CTIZAN AD

शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम

वि.सं.२०८१ माघ ८ मंगलवार

744 

shares

पथरी (मोरङ) । पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ । उनीहरू पथरी शनिश्चरे–८ को बुद्ध माविमा कक्षा ९ र १० मा अध्ययन गर्छन् । अध्ययनसँगै इलेक्ट्रिकसिटी, प्लम्बिङ र पशुपालन तालिम लिँदै आएका छन् ।

सो विद्यालयमा सुरु गरेको पशुपालन, इलेक्ट्रिकसिटी, प्लम्बिङ, फेसन डिजाइन, नृत्य र गायनले विद्यार्थीमा सीपको विकास भएको छ । विद्यालयमा शिक्षासँगै सिकेको सीप कार्यक्रमले विद्यार्थी पर्वत चौधारीलाई आत्मबल बढेको छ । उनीले विद्यालयमा इलेक्ट्रोनिक विषयको तालिम लिइरहेका छन् । अहिले उनी गाउँघरका विद्युतका सामान्य समस्या हेर्न र बनाउन थालिसकेको छन् ।

त्यस्तै पशुपालन विषयका तालिम लिइरहेका सुप्रिम विकको परिवारमा कृषि क्षेत्रमा ठूलै सहयोग पुर्याउने छ । उनी पशुपालन र व्यवस्थापन मात्र नभएर सामान्य रोगको निदान र उपचारका विषयमा अध्ययन गर्न थालेका छन् । वडाले ल्याएको कार्यक्रमले सुरुमा निकै प्रशंसा पाएको थियो । वडाले सुरु गरेको कार्यक्रमलाई पथरी शनिश्चरे नगरपालिकाले पनि सहयोग पुर्याएको छ । वडाभित्रका तीन विद्यालयले सुरु गरेको शिक्षासँगै सीप कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

यही आर्थिक वर्षबाट सुरु भएको उक्त कार्यक्रमबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिइरहेका छन् । विद्यार्थीलाई प्रारम्भिक र सैद्धान्तिक ज्ञानसँगसँगै प्राविधिक र व्यावहारिक ज्ञानले आत्मनिर्भर बनाउने उद्देश्यले वडाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडाको बुद्ध मावि, मिलन आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयमा शिक्षासँगै सीप कार्यक्रम सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । आधारभूत विद्यालयमा नृत्य र गायनका कक्षा सुरु भएको छभने बुद्ध माविमा पशुपालन, इलेक्ट्रिकसिटी, प्लम्बिङ र फेसन डिजाइनका कक्षा सुरु भएको छ । यसका कारण विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् ।

वडाध्यक्ष नवीन कार्कीका अनुसार वडाले वार्षिक कार्यक्रम बनाएरै शिक्षासँगै सीप कार्यक्रम सुरु गरेको छ । हामीले तालिम सञ्चालन गर्नुको उद्देश्य सैद्धान्तिक शिक्षासँगै व्यावहारीक शिक्षा पनि लागू गर्नु हो । एउटा विद्यार्थीले आफ्नो घरको सामान्य समस्या समाधान गर्न अर्काे व्यक्ति बोलाउने बाध्यता हटाउन यो कार्यक्रम सुरु गरिएको हो । विद्यालय जीवनबाट बाहिरिँदा दक्ष प्राविधिक भएर निस्कन सहयोग होस् भनेर कार्यक्रम थालिएको हो ।

वडाले सुरु गरेको कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक कुरामा पनि पोख्त बनाउने बुद्ध माविका प्रधानाध्यापक बोधराज सिग्देलले बताए । यसले घरमै भएका सामान्य समस्यालाई प्राविधिक बोलाएर समय र पैसा खर्चनुभन्दा विद्यालयमा सिकेका सीपले विद्यार्थीमा रोजगारी सृजना हुने प्रध्यानाध्पक सिग्देल बताउँछन् । यो कार्यक्रमलाई नगरभरिका विद्यालयमा लागू गर्न सके स्वदेशमै दक्ष जनशक्ति उत्पादन हुने र स्वरोजगारी हुने जनाइएको छ ।रासस

वि.सं.२०८१ माघ ८ मंगलवार ०९:३९ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...