काठमाडौं । सुनको मूल्य आज तोलामा १९ सय रुपैयाँले बढेको छ ।
मंगलवार प्रतितोला एक लाख ५८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ रुपैयाँमा कारोबार हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
वि.सं.२०८१ माघ ९ बुधवार १२:२१ मा प्रकाशित




























