back

विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

वि.सं.२०८१ माघ १० बिहीवार

393 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभुमि नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२ बस्ने ५० वर्षीय सुमन्द्र अधिकारी, चितवन राप्ती नगरपालिका–१२ देउरालीटार घर भई ललितपुर ग्वार्को बस्ने ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–८ बस्ने ३० वर्षीया सुमन्ता लिम्बु रहेका छन् ।

पक्राउ मध्ये सुमन्द्रले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, राजमानले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५ हजार ५ सय रूपैयाँ र सुमन्ताले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमन्द्रलाई काठमाडौं रातोपुलबाट, राजमानलाई काठमाडौं महानगरपालिका–९ बाट र सुमन्तालाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वि.सं.२०८१ माघ १० बिहीवार १२:३८ मा प्रकाशित

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

यती एयरलाइन्स र ह्याम्स अस्पतालले सगरमाथा आरोहीलाई छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

‘इजाजत प्राप्त नगरेका कम्पनीबाट श्रमिक आपूर्ति नगराउनु’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले इजाजत प्राप्त नगरेका...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा विशेष छुट

काठमाडौं ।  ग्लोबल आइएमई बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेजमा...

पृथ्वी राजमार्गको अवरोध हट्यो

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र...

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले...

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी । दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड...